सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरू आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेअनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।
संविधानमा व्यवस्था भएअनुसार नै स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विष...