भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले भीडभाड हुने गरी कुनै किसिमका मेला, जात्रा, सांस्कृतिक कार्य अर्को सूचना नभएसम्म नगर्न/नगराउन आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोभिड–१९ को संक्रमण बढिरहेको र नेपालमा पनि यसको जोखिम बढ्ने सम्भावना रहेको भन्दै फागु पूर्णिमा (होली) को अवसरमा भीडभाड नगर्न, स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर मात्र सुरक्षित रुपमा पर्व मनाउनसमेत आग्रह गरेको छ। कोभिड–१