नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘ईभी अटो एक्सपो–२०२२’ को स्टल बुकिङ खुला भएको छ । आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ १ गतेदेखि ५ गतेसम्मका लागि अटो एक्सपोको स्टल बुकिङ्ग खुला गरिएको जनाएको हो । अटो एक्सपो आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । पहिलोपटक ईभी अटो एक्सपो आयोजना गर्न लागेको नाडाले सबै ईभी विक्रेता तथा उपभोक्ताहरुलाई सहभागिताका लागि आह्वान गरेको छ । यसअघि भदौ ७ गतेदेखि १२ गतेलाई तोकिएको नाडा अटो एक्सपो&nd