नाडा अटो शोका लागि मंसिर पहिलो साताबाट स्टल बुकिङ खुल्दै

अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आगामी फागुनमा हुने अटो शोका लागि स्टल बुकिङ खुल्ला गर्ने निर्णय गरेको छ । फागुन ९ देखि १४ गतेसम्म हुने शोका लागि १८ नोभेम्बर (मंसिर १, बिहीबार) देखि २२ नोभेम्बर (मंसिर ६, सोमबार) भित्र स्टल राख्नेले नाम दर्ता गरिसक्नुपर्ने नाडाले जनाएको छ ।

सम्बन्धित सामग्री

निक इलेक्ट्रो टेक २०२२ मंसिरमा, स्टल बुकिङ खुला

विद्युतीय सामग्रीहरुको प्रदर्शनी मेला निक इलेक्ट्रो टेक आगामी मंसिर तेस्रो साता हुने भएको छ ।नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको उर्जा, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको दसौं संस्करण ‘निक इलेक्ट्रो टेक २०२२’ २२ देखि २५ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।महासंघले प्रदर्शनीका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उर्जा तथा विद्युतीय […]

निक इलेक्ट्रो टेक २०२२ मंसिरमा, स्टल बुकिङ खुल्ला

काठमाडौं । विद्युतीय सामग्रीहरुको प्रदर्शनी मेला निक इलेक्ट्रो टेक आगामी मंसिर तेस्रो साता हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको उर्जा, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको दसौं संस्करण ‘‘निक इलेक्ट्रो टेक २०२२” यही मंसीर २२ गते देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो । महासंघले प्रदर्शनीका […]

वीरगञ्जमा मोफसलमै पहिलो पटक ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट’ हुँदै

मंसिर १५, वीरगञ्ज । वीरगञ्जमा आउँदो फागुनमा मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट हुने भएको छ । नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको हो । एनवाईइएफले बुधवार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरेर आगामी फागुनको १२ देखि १५ गतेसम्म प्रदर्शनी सञ्चालन हुने जानकारी दिएको हो । वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क रहेको खाली स्थानमा प्रदर्शनी आयोजना गरिने एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताए । स्वदेशी उद्यम र उत्पादन प्रवर्द्धनको उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न उत्पादनका लागि १३० ओटा स्टलको व्यवस्था मिलाइने आयोजकले बताएको छ । प्रदर्शनीमा स्वदेशमा उत्पादित औद्योगिक उत्पादन, सेवा व्यवसाय, घरेलु तथा हस्तकलाका उत्पादन, प्रविधि, स्थानीय कला संस्कृति, साहित्य, स्थानीय खानाका परिकारलगायतको प्रदर्शनी गरिने भएको छ ।  प्रदर्शनीको लागि स्टल बुकिङ शुुरू भइरहेको र महिला तथा फरक क्षमताका उद्यमीहरूका लागि स्टलमा विशेष सहुलियत दिइने पनि आयोजकले बताएको छ । नेपाली उद्यमीहरूबीच अनुभवको आदान–प्रदान र अवसरको उपयोगमार्फत देशको आर्थिक विकासको उद्देश्यलाई सघाउने लक्ष्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको अध्यक्ष अग्रवालले बताए । ‘उद्यमशीलताको भावना जागृत गराउँदै नयाँ सोच र खोजका साथ उद्यम व्यापारलाई देशको आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्ने अभियानअन्तर्गत प्रदर्शनी आयोजना हुन लागेको हो,’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ ।  प्रदर्शनीका क्रममा उद्यमशीलता र नवप्रवर्तनका विषयमा तालीम, ब्राण्डिङ, कार्यशालालगायतका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । उद्यमशीलता विकासका लागि अध्ययन र अनुसन्धानको अवसर उपलब्ध गराउने, सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न प्रोत्साहन गर्ने, उद्यम तथा व्यापार क्षेत्रका नीतिगत र प्रक्रियागत अप्ठेराहरूलाई समाधानको पहल प्रयास गर्ने सन्दर्भमा पनि प्रदर्शनी प्रभावकारी हुने विश्वास आयोजकको छ ।  स्वदेशमा उपलब्ध कच्चा स्रोत र साधनबाट नेपाली श्रम, सीप र ज्ञानको प्रयोग गरी स्वदेशमा उत्पादित बस्तु तथा सेवाको प्रवद्र्धनका लागि वृहत प्रदर्शनीको आयोजना गर्न लागिएको हो । ‘यसबाट आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माणमा महत्वपूर्ण योगदान पुग्ने छ,’ अग्रवालले भने ।  प्रदर्शनीमा बस्तु तथा सेवाका उत्पादक र ग्राहक बीच साक्षात्कार हुने र यसबाट उपभोक्ताले स्वदेशी उत्पादनबारे जानकारी पाउने बताइएको छ । उपभोक्ताको रुचीअनुसार उत्पादन परिमार्जन र बजारीकरणमा सहयोग पुग्नेमा आयोजक विश्वस्त देखिएको छ । लगानीका नयाँ सम्भाव्यताको खोजी गर्दै स्वदेशी बस्तु तथा सेवाको प्रवर्द्धनमार्फत देशको आर्थिक विकासमा प्रदर्शनीले सघाउ पु¥याउने दाबी आयोजकको छ ।