खेलकुद र परिकार मार्फत पर्यटन प्रवर्द्धन गर्ने समझदारी

२८ भदौ, काठमाडौं । नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि होटल संघ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसिया बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्चको २५औं कंग्रेसमा …

सम्बन्धित सामग्री

नेपाल र बंगलादेशका होटल व्यवसायीबीच सहकार्य गर्ने सम्झौता

७ असार, काठमाडौं । होटल संघ नेपाल (हान) र बंगलादेश इन्टरनेशनल होटल एसोसिएसन (बिहा)बीच पर्यटन प्रवर्द्धन र दुवै मुलुकमा आतिथ्य क्षेत्रको विकासमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हानले जनाएको छ । हानका अध्यक्ष विनायक शाह र बिहाका अध्यक्ष एचएम हकिम अलीले समझदारी पत्रमा हस्ताक्षर गरे । हानको आयोजना, नेपाल […]

बुद्ध हिमाल–हिमालचुली ग्रेटलेक सर्किट ट्रेल निर्माण हुने

५ जेठ, काठमाडौं । लमजुङ र गोरखाको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न विभिन्न गाउँपालिकाले सामूहिक प्रयास थालेका छन् । दोर्दी गाउँपालिकाको संयोजनमा बुद्ध हिमाल–हिमालचुली ग्रेटलेक सर्किट ट्रेल निर्माण हुने भएको छ । सर्किट ट्रेल निर्माणका लागि लमजुङको दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सर्किट […]

निर्यातमुखी बजेट आएको छ, बजेट सकारात्मक छ : निर्यात व्यवसायी महासंघ

जेठ १८, काठमाडौं । निर्यात व्यवसायी महासंघले आर्थिक वर्ष २०७९/८० को बजेटले निर्यात क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको छ ।  ‘समृद्धिका लागि निर्यात’ भन्ने मूल नाराका साथ स्थापित भएको महासंघले मंगलवार विज्ञप्ति जारी गर्दै नेपालको अर्थतन्त्रको प्रमुख खम्बाका रूपमा रहेको आयात–निर्यात व्यवसायलाई सम्बोधन गर्ने गरी बजेट आएको जानकारी दिएको छ । महासंघका अध्यक्ष रामबहादुर गुरुङले बजेटसम्बन्धी निर्यात व्यवसायी महासंघले सरकारलाई दिएको सुझावका आधारमा आव २०७९/८० को बजेट आएकाले सकारात्मक रहेको बताए ।  बजेटले अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना गर्ने, निर्यात प्रयोजनका लागि अन्तरराष्ट्रिय मेला आयोजना गर्ने, सिमेन्ट, प्रशोधित पानी, स्टिल, फुटवेयर, क्लिङकर आदि वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान प्रदान गर्ने, निर्यातलाई भरपर्दो बनाउन नेपालस्थित प्रयोगशालालाई अन्तरराष्ट्रियस्तरको बनाउने विषय सकारात्मक भएको उनले बताए ।  महासंघले मसलाजन्य वस्तु अलैँची, अदुवा, जडीबुटी, बेसार आदि वस्तुको उत्पादन वृद्धि र प्रशोधनका लागि निजी क्षेत्रलाई सहुलियत प्रदान गर्ने, जडीबुटीको विशेषता तथा उपलब्धताको आधारमा प्रदेशस्तरमा जडीबुटी प्रशोधन केन्द्रको स्थापना गर्ने, वैदेशिक लगानी आकर्षण गर्न उद्योग स्थापनाका लागि ५० वर्षसम्म सरकारी जग्गा भाडामा दिने तथा  मासिक रू. १० करोडभन्दा बढी बिजुली खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म विद्युत् महसुलमा छूट दिने व्यवस्था राम्रो भएको जानकारी दिएको छ । यसैगरी भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी तथा बिक्रीकक्ष स्थापना गर्ने प्रबन्ध मिलाउने, वैदेशिक लगानी आकर्षित गर्न सम्भावित मुलुकहरूसँग द्विपक्षीय समझदारी एवं दोहोरो कर सम्झौता गरिने, उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको भन्सार तयारी वस्तुको भन्सार दरभन्दा एक तह कम गर्ने, नेपालको आर्थिक कूटनीतिलाई वैदेशिक लगानी, निर्यात व्यापार, पर्यटन प्रवर्द्धन, विकास सहायता परिचालन, प्रविधि हस्तान्त्तरणजस्ता क्षेत्रमा प्रभावकारी र उद्देश्यमूलक ढंगले परिचालन गर्ने विषय बजेटमा समेटिनु सुखद् भएको महासंघले जानकारी दिएको छ । बजेटले बैैंकिङ ब्याजमा सहुलियत, निर्यात भएपछि स्वतः निर्यातक कम्पनीको खातामा निर्यात अनुदान जम्मा हुने स्वचालित प्रणाली, निर्यातलाई व्यवस्थित गर्ने स्थायी संयन्त्रको व्यवस्थालगायतका विषयलाई बजेटले सम्बोधन गर्न नसकेको महासंघको भनाइ छ ।  महासंघले आव २०७९/८० को बजेट सकारात्मक भए पनि कार्यान्वयनमा भने समस्या रहेको जानकारी दिएको छ । रासस

पर्यटन प्रवर्द्धन गर्न भारतीय शहरमा रोड शो गर्ने योजना

काठमाडौं : मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।समझदारीपछि दुवै संस्था मिलेर पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन्। महासंघको सचिवालय काठमाडौंमा बिहीबार भएको समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा धनन्जय रेग्मी र महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरे।समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक गरी उदीयमान

पर्यटन प्रवर्द्धन गर्न गण्डकी र प्रदेश नम्बर २ सहमत

गण्डकी – पर्यटन प्रवद्र्धन गर्न गण्डकी प्रदेश र प्रदेश नं २ का बीचमा अन्तरप्रदेश समझदारी भएको छ। समझदारीमा पर्यटकीय गन्तव्यको पहिचान, सम्वर्द्धन र प्रचारप्रसार बढाउने, दुवै प्रदेशबीच सीधा हवाई सेवाको निरन्तरताका साथै जनकपुर–पोखराको हवाई सेवा विस्तारमा जोड दिइने उल्लेख छ। त्यस्तै धार्मिक, सांस्कृतिक, पुरातात्विक संस्कृतिको आदानप्रदानका साथै साहसिक खेल पर्यटनका सम्भावना बढाउने, जानकी मन्दिरदेखि त्रिवेणीधाम […]

बौद्धमार्गी देशमा उडान विस्तारको योजनामा वायुसेवा निगम

५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले बौद्धमार्गी मुलुकमा उडान विस्तारको योजना बनाएको छ । निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले नेपाल वायुसेवा निगमले बौद्धमार्गी बाहुल्य भएका देशमा उडान बिस्तारको योजना रहेको जानकारी गराएका छन् । बुधबार नेपाल एयरलाइन्स र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवर्द्धन र बुद्धदर्शनको विस्तारमा पारस्परिक सहयोगको माध्यमले अगाडि बढ्ने सम्बन्धी समझदारी पत्रमा […]