एनआरएनएबाट खेलेका ८ खेलाडीले बाँकी खेल खेल्न नपाउने

२९ असोज, पोखरा । गैर आवसीय नेपाली संघ (एनआरएनए) बाट नवौं राष्ट्रिय खेलकुदमा फुटबलको उद्घाटन खेल खेलेका ८ खेलाडीले बाँकी खेल खेल्न नपाउने भएका छन् । राष्ट्रिय टिमका अनन्त तामाङ, विमल घर्ती मगर, सुजल श्रेष्ठलगायतका खेलाडीहरु एनआरएनएले प्रदेश १ विरुद्ध खेलाएपछि फुटबल सुरुमै विवादित बनेको थियो । त्यसपछि प्रदेश १ ले ८ खेलाडी एनआरएनएको नभएको […]

सम्बन्धित सामग्री

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […] The post सरुले एसियाडका बाँकी खेल गुमाउने first appeared on हाम्रो खेलकुद.

तीन खेल जिते नेपालको सोझै ओडिआई मान्यता बच्ने

दुबई (हाम्रो खेलकुद) – नेपालले अव आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा खेल्न बाँकी पाँच मध्य तीन खेल जिते सोझै ओडिआई मान्यता बच्ने भएकोछ । नेपालले शक्रबार पपुवा न्युगिनीलाई तीन विकेटले हराएपछि उक्त समिकरण बनेको हो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका छैटौं स्थानमा छ । नेपालले अमेरिकालाई […]

नेपालले सोझै विश्वकप छनोट खेल्न ७ खेल जित्नुपर्ने

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न अव बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ । अन्तिम खेलमा नामिबियाले युएईलाई ७ विकेटले हराएसँगै उक्त समिकरण बनेको हो। आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । […]

८ खेलाडीविरुद्धको प्रोटेष्ट सदर, बाँकी खेल खेल्न नपाउने

पोखरा (हाम्रो खेलकुद)– प्रदेश १ ले प्रोटेष्ट (उजुरी) गरेका एनआरएनएका ८ खेलाडी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुटबल खेल्न नपाउने भएका छन् । आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राविधिक समितिले प्रदेश १ विरुद्ध खेलेका एनआरएनएका ८ राष्ट्रिय फुटबल खेलाडीलाई खेलाउन नपाउने बताएको छ । गोस्टेघाटमा बिहीबार भएको उद्घाटन खेलमा एनआरएनएले प्रदेश १ लाई २–० ले हराएको […]

अमेरिकामा धेरै खेल जित्ने योजना छ : सन्दीप

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टोलीले अमेरिकामा धेरै खेल जित्ने योजना बनाएको बताएका छन् । टिमको सन्तुलन राम्रो भएको र तयारी पनि राम्रो भएका कारण उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको उनले बताए । सन्दीपले लिग टू अन्तर्गत धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि यो सिरिज निकै महत्वपूर्ण रहेको बताए ।‘अमेरिकाको वातावरण हाम्रो जस्तै छ । केही बढी हिउमिडिटी रहेको छ । हामी त्यसका लागि तयार भइसकेका छौं र टोलीले पनि सोहीअनुसार तयारी पनि गरेको छ । टिम

अस्ट्रेलिया पाली र १४ रनले विजयी, दुई खेल बाँकी रहँदै एसेस शृंखला जित्यो

मेलबर्न- अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध ५ खेलको टेस्ट क्रिकेट शृंखला दुई खेल खेल्न बाँकी रहँदै जित्ने पक्का गरेको छ। सुरुका लगातार तीन खेल जितेर अस्ट्रेलियाले शृंखला जित्ने पक्का गरेको हो। मंगलबार सम्पन्न तेस्रो खेलमा अस्ट्रेलिया पाली र १४ रनले विजयी भयो। पहिलो पालीमा ८२ रनले पछाडि परेको इंग्ल्याण्ड तेस्रो दिन दोस्रो पालीमा ६८ रनमा समेटियो। दोस्रो पालीमा […]

इङ्ल्यान्डका बट्लरले श्रीलंकाविरुद्धको बाँकी खेल गुमाउने

एजेन्सी। इङ्ल्यान्डका विकेटकिपर जोस बट्लरले श्रीलंकाविरुद्धको बाँकी खेल गुमाउने भएका छन्। ३० वर्षे बट्लरको बुधबार कार्डिफमा सम्पन्न पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पिँडौलामा चोट लागेको थियो। उक्त खेलमा बट्लरले अविजित ६८ रन बनाएपछि इङ्ल्यान्डले आठ विकेटले विजयी भयो। चोटकै कारण उनले दोस्रो खेल पनि गुमाएका थिए। इङ्ल्यान्डले श्रीलंकाविरुद्ध अब एक ट्वान्टी–२० र तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न बाँकी छ।

नेदरल्यान्ड्सका फरवार्ड डी जोङले युरो–२०२० को बाँकी खेल गुमाउने

एजेन्सी। नेदरल्यान्ड्सका फरवार्ड लुक डी जोङले चोटका कारण युरो–२०२० को बाँकी खेल गुमाउने भएका छन्। डी जोङको मंगलबार ट्रेनिङ गर्नेक्रममा घुँडामो चोट लागेको थियो। डी जोङले दश मिनेटमात्र खेल्न पाए। उनी युक्रेनविरुद्ध ८८ र अष्ट्रियाविरुद्ध ८२ औं मिनेटमा मैदान छिरेका थिए। डी जोङले नेदरल्यान्ड्सबाट ३८ खेलमा आठ गोल गरिसकेका छन्। नेदल्यान्ड्सले समूह ‘सी’को विजेता बन्दै नकआउटमा स्थान बनाएको छ।

नेपालले खेल्ने विश्वकप छनोटका खेल कुवेतमा हुने

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ । छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी) ले जनाएको छ । विश्वकप छनोटअन्तर्गत समुह बी का बाँकी खेल कुवेतमा हुने भएको हो । कोरोना भाइरसको महामारीका कारण चाइनीज ताइपेइ र अष्ट्रेलियाले आउन मनाही गरेपछि दशरथ रङ्गशालामा हुने भनिएका खेल स्थगित भएका थिए । छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ तारिखसम्म हुनेछन् । प्रतियोगितामा नेपालले चाइनीज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । समूह ‘बी’ मा रहेको नेपालले हालसम्म पाँच खेलबाट तीन अङ्क जोडेको छ । चाइनीज ताइपेइलाई हराएको नेपाल चौथो स्थानमा छ । समूह बी को शीर्ष स्थानमा अष्ट्रेलिया छ । (रासस)

नेपालले खेल्ने विश्व कप छनोटका बाँकी खेल कुवेतमा आयाेजना हुने

काठमाण्डाै – फिफा विश्व कप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने बाँकी खेल कुवेतमा आयोजना हुने भएको छ ।  एसियन फुटबल कन्फडेरेशन (एएफसी) ले नेपाल सहभागी रहेको समूह 'बी' का खेल कुवेतमा हुने जनाएको हो । कोरोना भाइरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेल न्युट्रल भेन्युमा गर्न लागिएको हो । छनोटको बाँकी खेल आउने मे ३१ देखि जुन १५ सम्म हुनेछ । छनोटअन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । यसअघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने ता...