नेपालले खेल्ने विश्व कप छनोटका बाँकी खेल कुवेतमा आयाेजना हुने

काठमाण्डाै – फिफा विश्व कप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने बाँकी खेल कुवेतमा आयोजना हुने भएको छ ।  एसियन फुटबल कन्फडेरेशन (एएफसी) ले नेपाल सहभागी रहेको समूह 'बी' का खेल कुवेतमा हुने जनाएको हो । कोरोना भाइरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेल न्युट्रल भेन्युमा गर्न लागिएको हो । छनोटको बाँकी खेल आउने मे ३१ देखि जुन १५ सम्म हुनेछ । छनोटअन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । यसअघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने ता...

सम्बन्धित सामग्री

विश्व कप क्वालिफायर प्लेअफमा आज यूएई र पीएनजी तथा जर्सी र क्यानडा खेल्दै

काठमाण्डाै - आईसीसी विश्व कप क्वालिफायर प्लेअफमा आज दुई वटा खेल हुँदैछन् ।  आज यूएई र पपुवा न्युगिनी (पीएनजी) तथा जर्सी र क्यानडाबीच खेल हुँदैछ । यी खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे विन्डोकमा सुरु हुनेछन् । विश्व कप लिग–२ मा नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका थिए भने नामिबिया चौथो, अमेरिका पाँचौँ, यूएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा पुगेका हुन् । प्लेअफमा यी चार टोलीसँगै च्यालेन्ज लिग 'ए' र 'बी' का विजेता जर्सी र क्यानडा ग...

१९ वर्षमुनिको विश्व कप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने

काठमाण्डाै - नेपालले आउँदो महिना यूएईमा हुने आईसीसी १९ वर्षमुनिको विश्व कप छनोटमा पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले छनोटमा नेपालले खेल्ने खेल तालिका सर्वजनिक गरेको छ । नेपालले पहिलो खेल फागुन १२ अर्थात् फेब्रुअरी २४ मा सिङ्गापुरसँग खेल्नेछ । दोस्रो खेल फागुन १३ मा कुबेतसँग खेल्नेछ । त्यस्तै फागुन १५ मा हङकङसँग खेल्नेछ । फागुन १६ मा मलेसियासँग खेल्नेछ । त्यसपछि नेपालले दुई दिन विश्राम गर्नेछ । अन्तिम खेल फागुन १८ मा यूएईसँग खेल्नेछ । नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहन सके सन् २०२...

विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का चार वटा खेल हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ । यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछन् । यो समूहबाट पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ । अरु तीन टोली दक्षिण कोरिया, घाना र उरुग्वेको नकआउट चरणमा पुग्ने सम्भावना उत्तिकै छ । यस्तै समूह ‘जी’ मा सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल ह...

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदैछन् । आज समूह ‘ई’ र समूह ‘एफ’ को दुई/दुई वटा खेल रहेका छन् । आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच खेल हुनेछ। क्रोएसिया साविक उपविजेता हो । क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।   यस्तै, आज हुने दोस्रो खेलमा जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । विश्व कप ...

टी–२० विश्व कप : आयरल्यान्ड र अफगानिस्तानको खेल वर्षाका कारण रद्द

काठमाण्डाै - टी–२० विश्व कप अन्तर्गत आयरल्यान्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ । बिहान पौने १० बजे हुने भनिएको खेल वर्षाका कारण रद्द भएको हो। यी दुईबीचको खेल टस नभइ रद्द भएको क्रिक इन्फोले जनाएको छ । मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह 'ए' मा रहेका यी दुई टिमबीचको खेलको टससमेत हुन सकेन। खेल रद्द भएपछि दुवैले १–१ अङ्क पाएका छन् । तीन खेलमा तीन अङ्क जोडेको आयरल्यान्ड समूह 'ए' को दोस्रो स्थानमा छ । समान अङ्क रहेको न्युजिल्यान्ड राम्रो नेट रनरेटका आधारमा शीर्ष स्था...

विश्व कप क्रिकेट लिग-दुई : नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको छ । नेपालका अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी भएको हो। २ सय ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो । यसअघि ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो । अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिए...

विश्व कप फुटबल छनोट : स्कटल्यान्ड र युक्रेनबीचको खेल जुन १ मा हुने

काठमाण्डाै - फिफा विश्व कप छनोट अन्तर्गत युक्रेन र स्कटल्यान्डबीचको प्ले अफ सेमिफाइनल खेल आउँदो जुन एक तारिखमा हुने भएको छ । युक्रेन र स्कटल्यान्डबीचको स्थगित खेल जुन एकमा हुने तय भएको हो । यसअघि युक्रेन र स्कटल्यान्डबीचको यो खेल मार्च २४ तारिखमा हुने तालिका थियो । तर, युक्रेनको आग्रहपछि खेल स्थगित गरिएको हो  । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनले खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेलको विजेताले वेल्ससँग जुन ४ तारिखमा खेल्ने तालिका छ । विजेता टोलीले कतारमा हुने विश्व कप फुटबलमा स्थान बनाउने छ ।

टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप  क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । दिउँसो पौने चार बजे दुबईमा न्युजिल्यान्ड र स्कटल्यान्ड तथा बेलुका पौने आठ बजे आबुधाबीमा भारत र अफगानिस्तान खेल्दैछन् । सेमिफाइनलमा पुग्न न्युजिल्यान्डका लागि यो खेल महत्त्वपूर्ण छ । समूह दुईबाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । यस्तै भारत पनि सेमिफाइनल पुग्ने झिनो सम्भावना कायम राख्न आजको खेल ठूलो अन्तरले जित्नैपर्ने दबाबमा छ । भारत पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो । भारतले अफगानिस्तानसँगै नाम...