काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राहदानी लिन लामो समय कुर्नुपरेको सुन्दा नरमाइलो लागेको बताएका छन् । आज ट्विट गर्दै थापाले यस्तो बताएका हुन् ।
थापाले आफू परराष्ट्रमन्त्री हुँदा पहिलोपटक ७५ जिल्लाबाट राहदानी पाउन सकिने र दोस्रोपटक प्राथमिकताको आधारमा ३ घण्टादेखि बढीमा ३ दिन भित्र राहदानी पाउने व्यवस्था गरे...