निर्वाचन क्षेत्रमा प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्र चितवनको माडी पुगेका छन् । मंगलबार चितवन पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले बुधवार साँझ आफ्नो निर्वाचन क्षेत्रको भ्रमण गरेका हुन् । उनले माडीस्थित गठबन्धन दलका प्रतिनिधिहरूसँग समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गरेका थिए । उनले गठबन्धन दलका सहयात्रीहरूले खेल्नुपर्ने भूमिका र समग्र माडीको विकासका बारेमा पनि चासो व्यक्त गरेका उनको निजी स्रोतले बतायो । उनी माडीको प्रमुख पर्यटकीयस्थल सोमेश्वर गढीमा मर

सम्बन्धित सामग्री

प्रचण्ड उम्मेदवार रहेको गोरखामा मतगणनामा अन्याेल

गोरखा - गोरखामा मतगणनामा अन्याेल भएको छ । प्रतिनिधि सभाको दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा दुवै क्षेत्रमा अहिलेसम्म गणना हुन सकेको छैन । हिजोको मतदानमा धाँधली भएको भन्दै एमालेले पुनः मतदानको माग गरेकाले विवाद भएकाे छ ।  गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अब्दुससलाम मिया, राप्रपाका सुशील पन्तलगायतका उम्मेदवार हुनुहुन्छ  । यस्तै, क्षेत्र नम्बर १ मा एमालेका रामशरण बस्नेत, कांग्रेसका राजेन्द्र बजगाईँलगायत प्रतिस्पर्धामा हुनुहुन्छ । गोरखामा प्रदेश...

देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

काठमाडौं। सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता हासिल गरेका छन् । तर, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका अध्यक्षका निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भइसकेको […]

गोरखामा ढुक्क प्रचण्ड : प्रचारलाई १० दिन, ८५ प्रतिशत मतको आस

प्रचण्ड गोरखा २ बाट उम्मेदवार भए पनि यहाँ धेरै समय बिताएका छैनन् । मनोनयन दर्तापछि तीनपटक गोरखा आउजाउ गरेका उनले गोरखामा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै पालिकामा एकपटक पुगिसकेका छन् ।

प्रचण्ड शुक्रबार गोरखा जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी शुक्रबार (कात्तिक १८ गते) गोरखा जाने भएका छन् । प्रचण्ड आफ्नो चुनावी क्षेत्र गोरखा २ मा हुने निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन् । गोरखा सदरमुकामसहित ५ ठाउँमा चुनाव केन्द्रित आमसभा र गोष्ठी राखिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।‘अध्यक्ष कमरेड शुक्रबार मात्रै निर्वाचन क्षेत्र जान लाग्नु भएको छ । गोरखा सदरमुकामसहित अन्य क्षेत्रमा ५/६ वटा कार्यक्रम राखिएकाले सम्बोधन गर्न

कुन निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार को (सूचीसहित)

११ कात्तिक, काठमाडौं । सत्तारुढ गठबन्धनले ४ मंसिरमा हुने प्रतिनिधिसभामा र प्रदेशसभा निर्वाचनका लागि देशभरका आधिकारिक उम्मेदवार तय गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरी देशभरका निर्वाचन क्षेत्रको आधिकारिक उम्मेदवार […]

केही खास निर्वाचन क्षेत्रमा प्रतिक्रियावादीहरू सल्बलाउदै: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही खास निर्वाचन क्षेत्रमा प्रतिक्रियावादीहरू सल्बलाएको बताउनुभएकाे छ । उहाँले त्यहाँ चलाइएका भ्रमलाई चिर्न जरुरी रहेको समेत उहाँले बताउनुभएकाे हाे । मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको समेत बताउनुभएको छ । साेही निर्वाचन अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने […]

प्रचण्ड गुल्मीबाट पनि सिफारिस

गुल्मीको क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने भएकाले उम्मेदवार सिफारिस गरिएको बताए । प्रचण्डसहित नेता पुनाराम ज्ञवालीलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस गरिएको जीसीले बताए । पार्टीको प्रदेश कमिटीको बैठकमा उठेको एजेण्डा अनुसार केन्द्रीय तहका नेतालाई ल्याएर जिताउन सकिने क्षेत्रमा केन्द्रका नेतालाई प्रस्ता

चुनावी क्षेत्रमा प्रचण्ड, चेपाङ बस्तीदेखि पुल र सडकको उद्घाटन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो निर्वाचन क्षेत्रको दौडाहमा पुगेका छन्।  बिहीवार चितवन क्षेत्र नम्बर ३ मा रहेको माडी नगरपालिकामा पुगेर प्रचण्डले नमुना चेपाङ बस्तीको उद्घाटन गरेका छन्। माडी नगरपालिका वडा नम्बर ९ को राई डाँडामा निर्वाचन क्षेत्र विकास कोषबाट कुसुमखोला नमुना चेपाङ बस्ती आवास कार्यक्रमको उद्घाटन गरेका छन्। …

प्रभु साहको निर्वाचन क्षेत्रमा प्रचण्डको आमसभा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' रौतहटकाे कटहरियामा हुने आमसभालाई सम्बाेधन गर्ने भएका छन् । गत २९ कात्तिकमा मिति तय भएर पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभालाई सम्बाेधन गर्न उनी  शनिबार रौतहट जान लागेका हुन् ।याे क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हाे । साह  माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । प्रचण्डले सभालाई सम्बाेधनका साथै पार्टी प्रवेश कार्यक्रम पनि हुने जिल्ला संयोजक देवेन्द्र पटेलले जानकारी दिए ।पूर्वम

पूर्व मन्त्री महासेठलाई आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्ड-नेपाल समूहको कालो झण्डा

जनकपुरधाम : पूर्व मन्त्री रघुवीर महासेठलाई आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकामा पुष्प कमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहका नेता कार्यकर्ताले आज महासेठलाई कालो झण्डा देखाएका हुन्। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रघुवीर महासेठ र उनकी श्रीमती जुली महतो लागेका…