प्रचण्ड उम्मेदवार रहेको गोरखामा मतगणनामा अन्याेल

गोरखा - गोरखामा मतगणनामा अन्याेल भएको छ । प्रतिनिधि सभाको दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा दुवै क्षेत्रमा अहिलेसम्म गणना हुन सकेको छैन । हिजोको मतदानमा धाँधली भएको भन्दै एमालेले पुनः मतदानको माग गरेकाले विवाद भएकाे छ ।  गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अब्दुससलाम मिया, राप्रपाका सुशील पन्तलगायतका उम्मेदवार हुनुहुन्छ  । यस्तै, क्षेत्र नम्बर १ मा एमालेका रामशरण बस्नेत, कांग्रेसका राजेन्द्र बजगाईँलगायत प्रतिस्पर्धामा हुनुहुन्छ । गोरखामा प्रदेश...

सम्बन्धित सामग्री

गोरखामा एमाले उम्मेदवारको टोलीमाथि आक्रमण, एक जना गम्भीर घाइते

गोरखामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ ।

गोरखामा ढुक्क प्रचण्ड : प्रचारलाई १० दिन, ८५ प्रतिशत मतको आस

प्रचण्ड गोरखा २ बाट उम्मेदवार भए पनि यहाँ धेरै समय बिताएका छैनन् । मनोनयन दर्तापछि तीनपटक गोरखा आउजाउ गरेका उनले गोरखामा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै पालिकामा एकपटक पुगिसकेका छन् ।

गोरखामा प्रचण्डले भने : यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज

१३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए । ‘गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो’ उनले भने, एक […]

गोरखामा गठबन्धन दलभित्रै बागी उम्मेदवार धेरै

गोरखामा सत्ता गठबन्धन भित्रै बागी उम्मेदवार धेरै देखिएका छन्। नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेपाल समाजवादीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन्।...

गोरखामा ५६ उम्मेदवार, कुन क्षेत्रबाट को को ?

२४ असोज, गोरखा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गोरखामा ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्रमा २३ जना र प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सत्तारुढ गठबन्धनको भागवण्डामा प्रतिनिधिसभामा गोरखा–२ नेकपा माओवादी केन्द्र र गोरखा–१ नेपाली […]

प्रचण्ड किन चितवन छाडेर गोरखामा उठ्ने भए ? यी हुन् कारण

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः यस पटकको चुनावमा चितवन छाडेर गोरखामा उम्मेदवार बन्ने भएका छन्। माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको समाचार आएका छन्। छोरीलाई दुई पटक मेयर निर्वाचित गराइसकेका र भर्खरै मात्र घर बनाएको प्रचार गरेका प्रचण्ड चितवन छाडेर बाबुराम भट्टराईले छाडेको गोरखा-२… Continue reading

जिल्ला समन्वय समिति गोरखामा माओवादी उम्मेदवार सर्वसम्मत

जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मत चयन भएका छन्। समन्वय प्रमुखमा गोरखा नगरपालिकाका मोहनबहादुर थापा मगर, उपप्रमुखमा शहीद लखनथापा गाउँपालिकाकी लिला परियार चयन भएका हुन्।...

गोरखामा माओवादी कार्यकर्तामाथि कुटपिट

गोरखा, वैशाख २९ । गोरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएको छ। स्थानीय तह निर्वाचनको मौन अवधिका बेला अजिरकोट गाउँपालिका(१ घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएको हो। प्रहरीका अनुसार उनीहरुलाई जौवारी स्वास्थ चौकीबाट थप उपचारका लागि गोरखा अस्पताल, गमेरखा लगिएको छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरूमाथि […]

गोरखामा ३७ जनालाई फेरि वडाध्यक्ष बन्ने रहर!

गोरखामा ३७ जनाले पुनः: वडाध्यक्ष बन्ने चाहना राखेर उम्मेदवारी दिएका छन्। ९४ वटा वडा रहेको गोरखामा एक जना स्वतन्त्रबाट र ३६ जनालाई राजनीतिक पार्टीले दोस्रो पटकको लागि उम्मेदवार बनाएको हो। दोहोरिने सबैजसोले ‘अधुरा काम पूरा गर्ने’ मुख्य नारा बनाएका छन्।...

गोरखामा कांग्रेसका मेयर उम्मेदवारलाई आफ्नै कार्यकर्ताद्वारा कुटपिट

गोरखामा नेपाली कांग्रेस तर्फबाट मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठलाई आफ्नै कार्यकताले कुटपिट गरेका छन्। गोरखा सदरमुकाम स्थित शक्तिचोकमा फोटो खिच्न स्टोडियो भित्र पसेको बेला आफ्नै कार्यकर्ताले कुटपिट गरेको उनले बताए। ‘यहि बसिरहेको...