काठमाडौँ। काठमाडौँ महानगरले सुन्धारास्थित काठमाडौँ मलअगाडि बनाइएका अवैध संरचना भत्काएको छ। नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काएको हो।
बुधबार विहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ।