५ भदौ, काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको अध्यक्षमा अशोक खड्का ४ वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् । चावहिलस्थित केएल टावरको इम्पेरियल बैंक्युटमा शनिबार सम्पन्न जिल्ला कार्यसमितिको दोस्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । खड्का अघिल्लो कार्यसमितिको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । […]