प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दुई बालबालिकाका अभिभावक बनेका छन्। गुरुङले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ मासबारस्थित श्रीकृष्ण माविमा एक कक्षाका ५ वर्षीया शिला जिरेल र अभिषेक नेपालीको भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका हुन्। भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक रन्जित जिरेल र शान्ति जिरेल दोलखामा भूकम्पले घर भत्किएपछि पोखरामा मजदूरी गर्दै आएका…