प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको असर न्यून गर्दै त्यसका उपाय पालना गर्न सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । त्यसका लागि हरित यात्रामा एकसाथ अगाडि बढ्न नेपालले सबै मुलुकको साथ अपेक्षा गरेको औँल्याउँदै भन्नुभयो, “हामी जलवायु उत्थानशील विकासको प्रवद्र्धन गर्न प्रतिबद्ध छाँैं र कार्बन–शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील छौंँ ।”
जलवायु सम्मेलनलाई सम्बोधन गर्नुहुँदै हरित वृद्धि र हरित पुनरुत्थान प्रवद्र्धन गर्न नेपालले सफा तथा नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिएको बताउनुुभयो । विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवद्र्धनमा जोड दिएको
अनुभव साट्नुभयो ।