बालाजुको लोलाङ हाइटमा सोमबार साँझ आगलागी भयो । बेम्बो नियाशा सुज फ्याक्ट्रिमा लक्ष्मी पूजा गर्दा बालेर छाडेको दीयोबाट आगो सल्किएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । बेम्बो नियाशा सुज फ्याक्ट्रि लिला बहादुर कार्कीले संचालन गरेका हुन् । उनका छोरा सविन कार्की दिपावली गरेपछि कार्यालय बन्द गरेर घरमा पूजा गर्न हिँडेका थिए । घरमा नपुग्दै आगोको झिल्को देखेपछि अफिस खोल्दा आगोमा परेर उनको हातमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । जुत्ता कारखानाबाट सल्केक