आइपिएल : मुम्बईविरुद्ध दिल्लीको महत्त्वपूर्ण जित

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले पराजित गरेको छ । १३८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले पाँच बल बाँकी रहँदै ६ विकेटको जित हासिल गरेको हो । दिल्ली क्यापिटल्सका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए भने स्टिभन स्मिथले ३३, ललित यादवले २२ रन बनाए ।मुम्बईका तर्फबाट जयन्त यादव, जसपित बुमराह, राहुल चहर र किरन पोलार्डले एक÷एक विकेट लिएका थिए । यसअघि टस जितेर ब्याटिङमा उत्रिएको मुम्बईले १३७ रन बनाएको थियो । यो

सम्बन्धित सामग्री

आइपिएल: बेंगलोरले जोगायो सिजनकै कमजोर योगफल

इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले सिजनकै कमजोर स्कोर जोगाउँदै सिजनमा पाँचौँ जित निकालेको छ। लखनउ सुपर जायन्टस्लाई उसकै मैदानमा पराजित गर्ने क्रममा बेंगलोरले १८ रनको जित निकाल्यो। टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमात्र बनाएको थियो। उसका लागि विराट कोहलीले ३१ रन बनाउँदा […]

आइपिएल : लगातार आठौँ हारपछि मुम्बईको पहिलो जित, राजस्थान पाँच विकेटले पराजित

काठमाडौँ । मुम्बई इण्डियन्सले जारी आइपिएल क्रिकेटमा पहिलो जित हासिल गरेको छ । अन्तिम ओभरमा टिम डेभिडको तीव्र ब्याटिङको मद्दतमा राजस्थानलाई पाँच विकेटले हराएर मुम्बईले आइपिएल २०२२ मा खाता खोलेको हो । लगातार आठौँ हारपछि मुम्बईको यो पहिलो जित हो । राजस्थानले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईको सुरुवात राम्रो थिएन । कप्तान रोहित […]

आइपिएल: लखनउको छैटौँ जित

पन्जाब किङ्सलाई २० रनले हराउँदै लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ टी–ट्वान्टी क्रिकेटमा छैटौँ जित निकालेको छ। पुनेमा शुक्रबार लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनायो। पन्जाबका जोनी बेयर्सटोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए। लखनउका मोसिन खानले ३ विकेट […]

आइपिएल टि-२० मा हैदरावादको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) टि–२० क्रिकेटमा सनराइजर्स हैदरावादले रोमाञ्चक जित निकालेको छ। सोमवार राति मुम्बईमा भएको खेलमा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो।आइपिएलको जारी सिजनमा गुजरात टाइटन्सको यो पहिलो हार हो। पहिले ब्याटिङ गरेको गुजरातले सात विकेट गुमाएर १६२ रन बनाएको थियो। गुजरातका हार्दिक पाण्डयाले ४२ बलमा अविजित ५० रन बनाए। अभिनव मनोहरले २१ बलमा ३५ रन बनाउँदा हैदरावादका भुवनेश्वर कुमार र टी नटराजनले २–२ विकेट लिए।जवाफमा हैदरावादका कप्तान केन विल

आइपिएल : लखनउको दोस्रो जित, हैदरावादको दोस्रो हार

काठमाडौँ । सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ । हैदरावादको भने यो लगातार दोस्रो हार हो । मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो । हैदरावादका राहुल त्रिपाठीले सर्वाधिक ४४ […]

आइपिएल : नवप्रवेशी गुजरातको सुखद सुरुवात, लखनउमाथि ५ विकेटको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले विजयी सुरुवात गरेको छ । सोमबार भएको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा गुजरातले लखनउमाथि ५ विकेटको जित निकालेको हो । लखनउले दिएको १५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १६१ रन बनायो । ​गुजरातका लागि राहुल तेवातीयाले सर्वाधिक ४० रन […]

आइपिएल : राजस्थानमाथि मुम्बईको शानदार जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । शारजहाँमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो । ९१ रनको सामान्य लक्ष्य मुम्बईले ८ ओभर दुई बलमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । उसका लागि इशान किशनले नटआउट ५० तथा रोहित शर्माले २२ रन बनाए […]

आइपिएल : चेन्नईमाथि राजस्थानको सात विकेटको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । अबुधाबीमा भएको खेलमा राजस्थानले चेन्नई सुपर किंग्समाथि सात विकेटको जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १९० रनको लक्ष्य राजस्थानले १७ ओभर तीन बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । राजस्थानका लागि शिवम् दुवेले नटआउट ६४, यशस्वी […]

इन्डियन प्रिमियर लिग: मुम्बईको तेस्रो जित

राजस्थान रोयल्समाथि बिहीबार सात विकेटको जित निकाल्दै जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ।...

आइपिएल : राजस्थानको पहिलो जित

काठमाडौं : आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ। गएराति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हरायो।जितका लागि दिल्लीबाट पाएको १४८ रनको लक्ष्य राजस्थानले ७ विकेट गुमाएर २ बल बाँकी छँदै भेट्टायो। उसका लागि डेभिड मिलरले ६२ रन बनाए भने क्रिस मोरिसले ३६ रन बनाए।दिल्लीका अभेस खानले तीन तथा कागिसो रबाडाले दुई विकेट लिएपनि टिमको हार टार्न सकेनन्। त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि