आइपिएल टि-२० मा हैदरावादको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) टि–२० क्रिकेटमा सनराइजर्स हैदरावादले रोमाञ्चक जित निकालेको छ। सोमवार राति मुम्बईमा भएको खेलमा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो।आइपिएलको जारी सिजनमा गुजरात टाइटन्सको यो पहिलो हार हो। पहिले ब्याटिङ गरेको गुजरातले सात विकेट गुमाएर १६२ रन बनाएको थियो। गुजरातका हार्दिक पाण्डयाले ४२ बलमा अविजित ५० रन बनाए। अभिनव मनोहरले २१ बलमा ३५ रन बनाउँदा हैदरावादका भुवनेश्वर कुमार र टी नटराजनले २–२ विकेट लिए।जवाफमा हैदरावादका कप्तान केन विल