सरकारले विदेशी मुद्राको सञ्चिति घटेको भन्दै बिलासी वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न रोक्ने निर्णय गरे पनि उक्त निर्णय सार्वजनिक हुनुअघि नै केही व्यापारीले अप्रत्यासित रुपमा एलसी खोलेको तथ्य प्रकाशमा आएको छ । राष्ट्र बैंकबाट सूचना चुहावट भएकै कारण उनीहरुले सरकारबाट निर्देशन आउनु अघि नै एलसी खोलेको स्रोतको दाबी छ ।राष्ट्र बैंक स्रोतका अनुसार सरकारले एलसी खोल्न रोक्ने निर्णय गर्नुभन्दा चार दिन अघिमात्र एउटा कम्पनीले ७० करोड रुपैयाँभन्दा बढीको गाडी आयातको अनुमति लिएको थियो । उक्त कम्पनीले १