काठमाडौं : नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन। २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ।
दुई देशबीच व्यापारका लागि सञ्चालनमा रहेका दुई भन्सार नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी स्वाभाविक अवस्थामा फर्किन सकेका छैनन् भने अन्य जिल्लामा खोल्न प्रस्ताव गरिएका नाकाको कार्यप्रगति नगण्य छ।
सामान्य अवस्थामा दुई देशबीच वार्षिक साढे २ खर्बभन्दा बढीको वैदेशिक व्यापार रहेको भन्सार विभाग...