हाइकु वाचन

‘नेवाः हाइकु ख्यः’ले को चौथो स्थापना दिवस हाइकु वाचन गरेर मनाएको छ । सो कार्यक्रममा वाचनको लागि ४० जना ‘हाइजिन’हरूको ८० वटा हाइकु समावेश गरिएको थियो । जसमध्ये निजिरोश श्रेष्ठ, पूर्णिमा शाक्य, हिसिलिना शाक्य, कविन्द्रलाल श्रेष्ठ, दिब्या ताम्राकार, ज्ञानेन्द्र रत्न बज्राचार्य, रमिता बज्राचार्य, राधेश्याम महर्जन, मिलन शाक्य, रत्न मन, रिता महर्जनलगायत प्रत्येक हाइजिनले दुई–दुई वटा गरी ८० वटा हाइकु वाचन गरियो ।

सम्बन्धित सामग्री

हाइकु वाचन तथा विमर्श

हाइजिन तथा हाइकुको प्रवर्द्धनमा धेरै अघिदेखि काम गर्दै आएका साहित्यकार चेतनाथ धमलाले नेपालमा हाइकुको विकासबारे चर्चा गर्दै यसको प्रवर्द्धनका लागि सामूहिक प्रयासको खाँचो औंल्याए।...

स्वर्ण महोत्सवका अवसरमा हाइकुबारे विमर्श

साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा सङ्घले हाइकु वाचन तथा विमर्श कार्यक्रमको आयोजना गरेको छ । थाहा पुस्तकालय, काठमाडौँमा आयोजित सो कार्यक्रममा वक्ताहरूले नेपाली भाषामा लेखिएका अधिकांश हाइकुमा बाह्य संरचनामा मात्र ध्यान दिइएकाले स्तरीय हुन नसकेको धारणा व्यक्त गरेका थिए । उनीहरूले हाइकु ५, ७ र ५ को तीन पङ्क्तिको संरचना मात्र नभएको बताउँदै चित्र, बिम्ब वा प्रतीकात्मकता हाइकुको महत्त्वपूर्ण विशेषता भएको बताए । कार्यक्रममा हाइजिन तथा हाइकु अभियन्ता प्रा. रामकुमार पाँडेले हाइकुमा प्र

गोदावरीमा ‘शरद ऋतु’ हाइकु यात्रा सम्पन्न

काठमाडौँ – नेपाल हाइकु केन्द्रको आयोजनामा ‘शरद ऋतु’ हाइकु यात्रा सम्पन्न गरिएको छ। हरेक ऋतु परिवर्तनमा प्राकृतिक वातावरणमा विचरण गरी स्थलगत रुपमै हाइकु लेखिने र वाचन पनि गरिने ऋतुगत हाइकु यात्रा अन्तर्गत शरद ऋतुको अन्त्य हुने क्रममा गोदावरीको बोटानिकल गार्डेनमा यो यात्रा आयोजना गरिएको हो। यात्रामा सहभागी साहित्यकारहरूले प्रकृति, वनस्पति, चराचुरुङ्गी, जीवजन्तु, मानव जीवनशैली, वातावरण […]

टौदहमा ऋतुगत हाइकु यात्रा

काठमाडौं । कीर्तिपुरको टौदहमा ऋतुगत हाइकु यात्रा गरिएको छ । वसन्त ऋतु र मच्छिन्द्रनाथको रथयात्राको सन्दर्भ जोडेर नेपाल हाइकु केन्द्रले हाइकु यात्रा आयोजना गरेको हो । त्यस अवसरमा विभिन्न २० जना हाइजिनहरुले स्थलगत रुपमै हाइकु रचना गरी वाचन समेत गरेको कार्यक्रमका सञ्चालक शिरोमणि दवाडीले जानकारी दिए । कार्यक्रममा हास्य व्यंग्य लेखक एवं नेपाल हाइकु केन्द्रका […]

हाइकु केन्द्रको वार्षिकोत्सवः अन्तर्राष्ट्रिय वाचन सहभागिता

काठमाडौँ – नेपाल हाइकु केन्द्र (नेहा)को आठौँ वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार अन्तर्राष्ट्रिय हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ। नेपालबाट बमबहादुर जिताली, श्याम रिमाल, मित्रबन्धु पौडेल, शिरोमणि दवाडी, गुप्तबहादुर श्रेष्ठ, किरण पौडेल, ऋषि बराल, महानन्द ढकाल, बद्री ढकाल हीरामणि, छविलाल खड्का, सुमी लोहनी, सुष्मा मानन्धर र चन्द्रावती अधिकारी तथा जापानबाट प्रकाश पौडेल माइला र सुष्मा ओमाता, दक्षिण […]

टिकटमा सुनिए लाकोजू

सृजनशील कवि युवा सूर्य लाकोजूको गृहथलो पनौतीमा एकल सृजना वाचन गरिएको छ। अक्षरमार्ग सिर्जना समूहको आयोजनामा सिर्जनालयको पहिलो श्रृङखलामा शनिबार उनले कविता, मुक्तक, हाइकु र गीत सुनाए्का हुन्। दुई सय रुपैयाँको टिकट काटेर आएकाहरु उनलाई सुनेर मन्त्रमुग्ध बने।

पनौती तताए लाकोजूले

काभ्रेका युवा कवि सूर्य लाकोजूले गीत, कविता, मुक्तक र हाइकु सुनाएर पनौती बजार तताएका छन् । अक्षरमार्ग सिर्जना समूहले शनिबार आयोजना गरेको सिर्जनालयको पहिलो श्रृङखलामा उभिएर उनले साहित्य पारखीलाई न्यानो बनाएका हुन् । आमा शिर्षक कविताबाट वाचन थालेका लाकोजूले पिता शिर्षक कविताबाट कार्यक्रम समापन गरेका थिए । उनलाई सुन्न दुई सय रुपैयाँको टिकट काटेका दर्शकले…