हाइकु केन्द्रको वार्षिकोत्सवः अन्तर्राष्ट्रिय वाचन सहभागिता

काठमाडौँ – नेपाल हाइकु केन्द्र (नेहा)को आठौँ वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार अन्तर्राष्ट्रिय हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ। नेपालबाट बमबहादुर जिताली, श्याम रिमाल, मित्रबन्धु पौडेल, शिरोमणि दवाडी, गुप्तबहादुर श्रेष्ठ, किरण पौडेल, ऋषि बराल, महानन्द ढकाल, बद्री ढकाल हीरामणि, छविलाल खड्का, सुमी लोहनी, सुष्मा मानन्धर र चन्द्रावती अधिकारी तथा जापानबाट प्रकाश पौडेल माइला र सुष्मा ओमाता, दक्षिण […]

सम्बन्धित सामग्री

गाडिएको सिंह देखेपछि

हाइकुको उद्गम भूमि जापानमा केही वर्ष बस्ने क्रममा मैले पनि हाइकुसँग परिचित हुने मौका पाएँ । म त्यहीँ बसेका बखत सन् २०१८ सेप्टेम्बर २९ र ३० मा अनेसास जापानले टोकियोमा अन्तर्राष्ट्रिय हाइकु महोत्सव गरेको थियो । तत्कालीन अनेसास केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले मलाई कार्यक्रममा अतिथिका रूपमा आमन्त्रण गरेका थिए । काठमाडौँ र बेलायतबाट पनि अतिथि आएका थिए । हाइकु क्षेत्रमा जापानका दिग्गज व्यक्तित्व र हङकङबाट समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो । यही कार्यक्रमबाट मेरो पनि हाइकुमा विशेष रुचि बढ्दै गयो ।