नेपाल र भारतबीचको पहिलो मैत्रिपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुंगिएको छ । खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो ।दोस्रो हाफको ६० मिनेटमा सुनील क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरे । तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले चुकाएनन्, उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए । ५१ सयको हाराहारीमा दर्शकहरु उपस्थित भएको खेलमा दुबै टोलीले उत्कृष्ट खेल देखाएका थिए ।