काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५:३० मा खेल सुरु हुनेछ।
बिहीबार भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेको थियो। आजको खेलमा दुवै टोली जितको लक्ष्य लिएर मैदानमा उत्रदैछन्।…