काठमाण्डाै – नेपाली सेनाले आउँदो चैतमा भूतपूर्व सैनिक सम्मेलन गर्ने भएको छ । भूतपूर्व सैनिक तथा निवृतिभरणमा रहेका परिवारलाई लक्षित गरेर आउँदो चैतको ९, १०, २० र २१ गते सेनाले विभिन्न ठाउँमा सम्मेलन गर्न लागेको हो ।
दिपायलको श्री नम्बर पाँच बाहिनी, धनगढीको श्री भवानीदल गण, सुर्खेतको श्री पश्चिम कमाण्ड हेटक्वार्टर र नेपालगञ्जको श्री नम्बर चार बाहिनी अड्डामा सम्मेलन हुनेछ । भूतपूर्व सैनिक सम्मेलनमा डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, बझाङ, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, ...