जलेर घाइते भएका दम्पत्तिको मृत्यु, छोराको अवस्था सामान्य बन्दै

काठमाडौं, असोज ५ । खाना पकाउँने ग्यास सिलिण्डर फेरबदल गर्ने क्रममा आगलागी हुँदा जलेर घाइते भएका दम्पत्तिको मृत्यु भएको छ। झापाको अर्जुनधारा वडा नम्बर ७ का पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको उपचारका क्रममा गएराती काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो। आगलागीमा घाइते भएका छोरा पंकजको अवस्था भने सामान्य बन्दै गएको छ। भदौ […]

सम्बन्धित सामग्री

अछाममा आगोले जलेर एक जना घाइते

अछाम– अछाममा घरमा आगलागी हुँदा एक जना जलेर घाइते भएका छन्। मेल्लेख गाउँपालिका–४ मा राफाका किट्टे साउँदको घरमा आगलागी हुँदा उनी जलेर घाइते भएका हुन्। आगो निभाउने क्रममा साउद जलेर घाइते भएको प्रहरीले जनाएको छ। आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्नलगाएतका सामान जलेर अन्दाजी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा […]

दार्चुलामा ग्यास लिक हुँदा जलेर घाइते भएका ठगुन्नाको मृत्यु

दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका बृद्धको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको मृत्यु भएको हो ।

डढेलो निभाउने क्रममा घाइते भएका थप एकको मृत्यु

काठमाडौं । गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका–३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हाे । गत बिहीबार धुर्कोट गाउँपालिका–३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला जलेर कुँवर […]

आगो निभाउने क्रममा घाइते भएका मुखियाको पनि गयो ज्यान

बुटवल : गुल्मीमा घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ। गत बिहीवार साँझ धुर्कोट गाउँपालिका–३ स्थित बर्दबास सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ५५ वर्षीय धनबहादुर कुँवरको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनको…

पाेखरामा जलेर घाइते भएकी महिलाकाे उपचारका क्रममा ज्यान गयाे

पाेखरा – पोखरामा जलेर गम्भीर घाइते भएकी संगीता सापकोटाको उपचारका क्रममा आज साेमवार ज्यान गएको छ ।  पोखरा महानगरपालिका–१३ काहुँखोलामा हिजो आइतवार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयवासीले अस्पताल लगेका थिए । सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ ।  घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ ।

बारामा आगो ताप्ने क्रममा जलेर दुई महिला घाइते

वीरगञ्ज – बारामा आगो ताप्ने क्रममा जलेर दुई महिला घाइते भएका छन्। सुवर्ण गाउँपालिका–५ पशुरामपुर बस्ने ७० वर्षीया रबुजन खातुन जलेर घाइते भएकी हुन्। घरमा घुर सल्काइ आगो ताप्ने क्रममा घुरबाट सल्केको आगोले जलेर खातुन घाइते भएकी हुन्। उनको शरीरको माथिल्लो भाग जलेको तथा कलैया अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक […]

चिसाे छल्न आगाे बालेर सुतेका 'महामुखिया'का छोरा जलेर सक्त घाइते

राउटेका महामुखिया मैनबहादुर शाहीका ४० वर्षीय छोरा नारायण शाही आगोमा जलेर सत्त घाइते भएका छन्। दैलेख सदरमुकामको नारायण नगरपालिका ८ सिमाडामा बसोवास गरेका राउटे समुदायका युवा नारायण शाही चिसो छल्न...

हाइटीमा इन्धन ट्यांकी विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु, दर्जनौं घाइते

घटनामा कम्तीमा ५०–५४ जनाको जलेर मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति जलेर घाइते भएका क्याप–हैटियनका नगरका उपप्रमुख प्याट्रिक अलमोनरले बताए ।

बुवाको किरियामा बस्दा आगलागी : आमा र छोराको जलेर मृत्यु, कान्छा छोरा बाच्न सफल

जेठ २४ गते ७२ वर्षीय भगिरथ सापकोटाको मृत्यु भएपछि किरिया बसेका श्रीमती चनमाया, छोराहरू दीनानाथ र मदन जलेर घाइते भएका थिए । घाइतेमध्ये श्रीमतीको उपचारको क्रममा जेठ २६ गते निधन भएको थियो ।