पाेखरामा जलेर घाइते भएकी महिलाकाे उपचारका क्रममा ज्यान गयाे

पाेखरा – पोखरामा जलेर गम्भीर घाइते भएकी संगीता सापकोटाको उपचारका क्रममा आज साेमवार ज्यान गएको छ ।  पोखरा महानगरपालिका–१३ काहुँखोलामा हिजो आइतवार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयवासीले अस्पताल लगेका थिए । सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ ।  घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ ।

सम्बन्धित सामग्री

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्। आज शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारी आगोले जलेर घाइते भएकी हुन्। दिउँसो करिब ४ बजेतिर जङ्गलमा लागेको आगोले जलेर भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायणसिं नेगीले बताए। पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्नेक्रममा भण्डारी जलेर घाइते भएकी […]

अछाममा आगोले जलेर एक जना घाइते

अछाम– अछाममा घरमा आगलागी हुँदा एक जना जलेर घाइते भएका छन्। मेल्लेख गाउँपालिका–४ मा राफाका किट्टे साउँदको घरमा आगलागी हुँदा उनी जलेर घाइते भएका हुन्। आगो निभाउने क्रममा साउद जलेर घाइते भएको प्रहरीले जनाएको छ। आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्नलगाएतका सामान जलेर अन्दाजी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा […]

दार्चुलामा ग्यास लिक हुँदा जलेर घाइते भएका ठगुन्नाको मृत्यु

दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका बृद्धको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको मृत्यु भएको हो ।

आगोले जलेर घाइते

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन्। शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० खल्ला टोलकी अन्दाजी ७० वर्षीया पुतलीदेवी सदाशंकर आफ्नै घरमा आगो ताप्ने क्रममा आज दिउँसो जलेर घाइते भएकी हुन्।आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी घाइते भएकी इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज लगिएको छ।

बारामा आगो ताप्ने क्रममा जलेर दुई महिला घाइते

वीरगञ्ज – बारामा आगो ताप्ने क्रममा जलेर दुई महिला घाइते भएका छन्। सुवर्ण गाउँपालिका–५ पशुरामपुर बस्ने ७० वर्षीया रबुजन खातुन जलेर घाइते भएकी हुन्। घरमा घुर सल्काइ आगो ताप्ने क्रममा घुरबाट सल्केको आगोले जलेर खातुन घाइते भएकी हुन्। उनको शरीरको माथिल्लो भाग जलेको तथा कलैया अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक […]

बारामा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक महिला आगो ताप्ने क्रममा जलेर घाइते भएकी छन्। सुवर्ण गाउँपालिका–३ जमुनिया टोल घर भइ जितपुरसिमरा उपमहानगरपालिका–१८ उच्चीडिह टोल बस्ने ६० वर्षीया किमैनादेवी यादव जलेर घाइते भएकी हुन्। आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा यादवले लगाएको कपडामा आगो सल्किँदा उनको शरीरको विभिन्न भाग जलेको छ। घाइते भएकी यादवलाई थप […]

संखुवासभामा आगोमा जलेर एक वृद्धाको मृत्यु

काठमाडौँ । संखुवासभाको चैनपुरमा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमायाँ मगर मंगलबार बिहान आफ्नै घरमा आगोमा जलेर घाइते अवस्थामा भेटिएकी थिइन्। घरमा एक्लै बस्दै आएकी ती वृद्धा आगोमा जलेर गम्भीर घाइते भएपछि छिमेकीहरूले खाँदबारी अस्पताल ल्याएका थिए।जलेर घाइते भएकी उनको खाँदबारी अस्पतालमा उपचारकाा क्रममा मृत्यु भएको हो […]

जलेर घाइते भएका दम्पत्तिको मृत्यु, छोराको अवस्था सामान्य बन्दै

काठमाडौं, असोज ५ । खाना पकाउँने ग्यास सिलिण्डर फेरबदल गर्ने क्रममा आगलागी हुँदा जलेर घाइते भएका दम्पत्तिको मृत्यु भएको छ। झापाको अर्जुनधारा वडा नम्बर ७ का पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको उपचारका क्रममा गएराती काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो। आगलागीमा घाइते भएका छोरा पंकजको अवस्था भने सामान्य बन्दै गएको छ। भदौ […]

आगोले जलेर घाइते कञ्चनदेवीको उपचारको क्रममा मृत्यु

६ माघ, जनकपुरधाम । महोत्तरीमा आगोले जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा दुई महिनापछि मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका वडा नम्बर ३ सुनौल बस्ने ३० वर्षीया कञ्चनदेवी महतोको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चालाई लगाउने गाजल दीपमा सेक्ने क्रममा गत मंसिर ८ गते उनको शरीरमा आगो लागेको थियो । तत्कालै […]