बारा–पर्सा औद्योगिक कोरिडोरको भौगोलिक अवस्थिति र रेलमार्ग जोडिएको सुक्खा बन्दरगाहसम्म कच्चा पदार्थ ढुवानी सहज भएपछि कोरिडोरमा फलामका डन्डी र अन्य निर्माण सामग्री बनाउने उद्योग खुल्नेक्रम बढेको छ ।
विगत ३ वर्षको अवधिमा यो कोरिडोरमा आधा दर्जनजति फलाम उद्योग थपिएका छन् । यस्ता उद्योगका संख्या डेढ दर्जन पुगिसकेको उद्यमी बताउँछन् ।
पछिल्लो समय वीरगञ्जमा खुलेको सर्वोत्तम स्टीलले परीक्षण उत्पादन जारी राखेको छ । यो अवधिमा खुलेका अन्य उद्योगले पनि क्षमता वृद्धि गर्न थालेका छन् । यो उद्योगले डण्डीको कच्चा पदार्थ बिलेट पनि आफै बनाउँछ...