गृह मन्त्रालयले निकाल्यो शनिबार सार्वजनिक बिदाको सूचना

गृह मन्त्रालयले शनिबार सार्वजनिक बिदाको सूचना निकालेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै शनिबार पनि सार्वजनिक बिदा दिइने सूचना निकालेको हो ।सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन भोली (शनिबार) सार्वजनिक बिदा दिइएको जनाएको हो । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलबाट जावलाखेल पुगेको चौथो दिन मच्छिन्द्रनाथको भोटो राष्टपति विद्यादेवी भण्डारीले देखाउने परम्परा रहेको छ ।  सोअवसरमा देशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको

सम्बन्धित सामग्री

प्रहरी समायोजनको काम सुरु भइसकेको छ: गृह मन्त्रालय

गृह मन्त्रालयले संविधानको प्रावधानअनुसार प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको स्पष्ट पारेको छ।...

राहदानीको अधिकार गृह मन्त्रालय मातहत सार्न लबिङ

१२ चैत, काठमाडौं । परराष्ट्र मन्त्रालय मातहतमा रहेको राहदानीको अधिकार गृह मन्त्रालयले आफू मातहत ल्याउन खोजेको छ । गृह मन्त्रालयका अधिकारीहरुले यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराइसकेका छन् । हालै गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखेर राहदानी वितरणको अधिकार गृह मन्त्रालय मातहत राख्ने व्यवस्था गर्न सुझाव दिएको छ । ‘नेपाली राहदानीसम्बन्धी […]

संघीय प्रहरी ऐन अलपत्र, धमाधम नियमावली संशोधन गर्दै गृह मन्त्रालय

२४ माघ, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नियमावली संशोधनका लागि तयारी थालेको छ । संघीय प्रहरी ऐनको खाकालाई अलपत्र छाडेर गृह मन्त्रालय नेपाल प्रहरी ऐन, २०१२ अन्तरगत बनेको नियमावलीको संशोधन गर्नतिर केन्द्रित भएको हो । ऐनमा संशोधन गर्नुपर्ने विषयबारे गृहकार्य गर्न गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका सह–सचिव फणीन्द्रमणि पोखरेलको नेतृत्वमा कार्यदल […]

गृह मन्त्रालयले गर्‍यो ९ जिल्लाका सीडीओको सरुवा

गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । बाँके, सुर्खेत, कैलालीसहित विभिन्न ९ जिल्लामा गृह मन्त्रालयले सीडीओ सरुवा गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार माधवप्रसाद ढुंगानालाई इलाम, बाबुराम अर्याललाई बझाङ, परमानन्द घिमिरेलाई रुकुमपश्चिम, उपेन्द्रराज पौडेललाई बाजुरा, दीर्घराज उपाध्यायलाई दार्चुला, दिलकुमार तामाङलाई ओखलढुंगा, छविलाल रिजाललाई झापा, खगेन्द्रप्रसाद रिजाललाई सुर्खेत र रमेश ढकाललाई बाग्लुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । गृह मन्त्रालयले मन्त्रालयमै कार्यरत ३ उपसचिव र १ स...

लगातारको वर्षाबाट १९ जिल्ला प्रभावित : गृह मन्त्रालय

गृह मन्त्रालयले अविरल वर्षाको कारण १९ जिल्लाहरु प्रभावित भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म कालिकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत लगायतका १९ जिल्लाहरु...

सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । रूपन्देहीको मोतीपुरमा सरकारी जग्गा अतिक्रमणका विषयमा आइतबार भएको झडपमा परी चार जनाको ज्यान गएको थियो । सो घटना भएको भोलिपल्ट सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्ने जो कोहीलाई कानुनअनुसार कारबाही […] The post सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही : गृह मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

समयमा निर्वाचन गराउनका लागि गृह मन्त्रालय तयारी अवस्थामा : अधिकारी

गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताए । गृहमन्त्री अधिकारीले मंगलबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरेको बताए । आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनाव नर्गनका लागि रोकिनुपर्ने कुनै कारण नभएको उहाँले बताए । उनले भने, ‘दुई चरणमा चुनाव […]

चुनाव गराउन गृह मन्त्रालय तयारी अवस्थामा छ : मन्त्री अधिकारी

काठमाण्डाै – गृह मन्त्री खगराज अधिकारीले निर्धारित समयमा चुनाव गराउनका लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभएको छ । गृह मन्त्री अधिकारीले मङ्गलवार गृह मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा चुनाव गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरेको बताउनुभएको हो । आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले चुनाव गर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा चुनाव क्षेत्र कसरी गर्ने समेत...

अति आवश्यक नपरी घरबाहिर ननिस्कनू : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा बिहीबार जारी विज्ञप्तिमा निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न आम सर्वसाधारणमा आग्रह गरिएको हो । कोरोना संक्रमणको […] The post अति आवश्यक नपरी घरबाहिर ननिस्कनू : गृह मन्त्रालय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.