काठमाण्डाै – गृह मन्त्री खगराज अधिकारीले निर्धारित समयमा चुनाव गराउनका लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभएको छ । गृह मन्त्री अधिकारीले मङ्गलवार गृह मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा चुनाव गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरेको बताउनुभएको हो ।
आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले चुनाव गर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा चुनाव क्षेत्र कसरी गर्ने समेत...