निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने उम्मेदवारमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदातालाई लोभलालचामा फसाउने तथा डर, धम्की र त्रास दिएर प्रभावित तुल्याउने काम कहीँकतै भएको पाइए उम्मेदवारी रद्द हुनेसम्मको कार्वाही हुनेतर्फ पनि सचेत गराए। शुक्रबार काठमाडौंमा ‘युवाहरूका लागि निर्वाचनसम्बन्धी प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोगको अनुमतिविना…