सर्लाही - सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेकाे बयलबास बजारमा आज बिहान झडप हुँदा सर्लाही क्षेत्र नम्बर-१ बाट निर्वाचित सङ्घीय सांसद प्रमोद साह घाइते हुनुभएकाे छ।
स्थानीय युवा र सांसद साह पक्षबीच झडप हुँदा स्थानीयले हानेको ढुङ्गा लागेर सांसद साह घाइते हुनुभएकाे हाे ।
सांसद साहको टाउकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ । सडक निर्माण गर्दा भत्किएको फूलजोड युवा क्लबको भवन त्यसै ठाउँमा बनाउने कि नबनाउने भन्ने वि...