सर्लाहीको ईश्वरपुर नगरपालिका –६, बयलवासमा शनिबार बिहान भएको झडपमा सांसद प्रमोद साह घाइते हुनु भएपछि उहाँलाई थप उपचारका लागि काठमाडांै लगिएको छ । बयलवास बजारस्थित सडक छेउमा रहेको फूलजोरबाबा युवा क्लबको भवन निर्माण र सडकमा नाला बनाउने विषयमा दुई पक्षबीच भएको झडपमा जनता समाजवादी पार्टी (जसपा) को प्रमुख सचेतक समेत रहनुभएका सर्लाही क्षेत्र १ का सङ्घीय सांसद साह घाइते हुनुभएको छ ।