स्थानीयको आक्रमणबाट सांसद साह घाइते, हेलिकोप्टरबाट काठमाडौं लगियो

सर्लाही : ईश्वरपुर नगरपालिका-६, बयलवासमा शनिबार बिहान क्लबको भवन निर्माणका विषयमा झडप हुँदा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नं १ का सांसद प्रमोद साह गम्भीर घाइते भएका  छन्।घाइते साहको  बयलवास एक अस्पतालमा उपचारपछि थप  उपचारका लागि काठमाडौं लगिएको छ। टाउकोमा चोट लागेर गम्भीर घाइते साहलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको हो। झडपमा परेर साहका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक असई विनोदप्रसाद यादव पनि घाइते भएका छन्।यस्तै, सांसद साहको गाडीमा प

सम्बन्धित सामग्री

स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

काठमाडौं ।  रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराउनुभएको हो । उहाँले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । […]

स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ । उहाँले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराउनुभएको हो । सो अवसरमा उपप्रधान तथा …

अफ्ताब आलम अहिले आफूले गरेको अपराधको पाप भोगिरहनुभएको छ : सांसद साह (भिडिओसहित)

काठमाडौं, २१ मंसिर । रौतहट–२ बाट स्वतन्त्रमा निर्वाचित सांसद किरणकुमार साहले अफ्ताब आलमले अहिले पहिले गरेको पाप भोगिरहेको बताएका छन् । उनले आफूले आलमको दादागिरी तोडेको पनि दाबी गरे । नवनिर्वाचित साहले आफूलाई जनताले अपार माया गरेर जिताएको पनि सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा […]

प्रादेशिक अस्पताल कलैयाको सुधार हुनुपर्छ : सांसद साह

बारा । बाराको प्रादेशिक अस्पताल कलैयाको सुधार हुनुपर्ने संसद ज्वालाकुमारी साहले बताइन । आईतवार कलैया अस्पतालमा बिरामीहरूसंग भेटघाट गर्दै अस्पतालमा अझ सुधार गर्नुपर्ने बताईन । प्रदेश २ का विधायक महम्मद समिर र रविन्द्र श्रेष्ठसंगै बिरामीहरुसंग भेटघाट गर्दै बिरामीहरुले अस्पतालमा भोग्दै आएको समस्याको अनुगमन गरिन । अस्पतालमा पहिला भन्दा धेरै सुधार समेत भएको बताईन । नेपाल […] The post प्रादेशिक अस्पताल कलैयाको सुधार हुनुपर्छ : सांसद साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसदभित्र संघीयताविरोधी आवाजलाई रोक्नुपर्छ : सांसद साह

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले प्रतिनिधिसभाभित्र संघीयता विरोधी आवाजलाई रोक्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा विभिन्न पार्टीका नेताहरुले गणतन्त्र र संघीयताको विरुद्धमा बोल्ने गरेको भन्दै उनले खेद प्रकट गरे। शुक्रबारको...

मन्त्रीहरू फेर्नु स्वागतयोग्य : सांसद साह

‘विगतमा पनि समावेशी भनेरै पठाएको थियौं, अहिले पनि समावेशी भनेरै पठाएको छौं, तर महिला छैन,’ उहाँले भन्नुभयो, ‘यहाँ समावेशी पनि धेरै कुरामा हुन्छ नि त ! महिला, दलित चाहियो । अन्य जातजातिलाई पनि हेर्नुपर्यो, स्वागतयोग्य निर्णय छ ।’

नागरिकता विधेयक तत्काल पारित गर्नुपर्छ : सांसद साह

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले नागरिकता सम्बन्धी विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले नागरिकता सम्बन्धी विधेयकलाई चालु अधिवेशनबाट नै पारित गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले संसदमा पहिले पेस भएको नागरिकता सम्बन्धी विधेयक पारित हुने अवस्था नरहेको भन्दै सरकारले यसलाई फिर्ता […]

झडमा परी संघिय सांसद साह गम्भिर घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा झडपमा हुँदा प्रतिनिधि सभा सदस्य प्रमोद साह गम्भिर घाइते भएका छन् । ईश्वरपुर नगरपालिकामा रहेको फुलजोर बाबा युवा क्लबको घरको विषयमा   विवादपछि  झडप हुँदा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ । अमृत हेल्थ केयर बयलवासमा उपचारपछि सांसद साहलाइ थप उपचारका लागि काठमाडाै लगिएकाे जसपाका नेता नन्नदलाल रायले […] The post झडमा परी संघिय सांसद साह गम्भिर घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्लाहीमा झडप : संघीय सांसद साह र उनका अंगरक्षक घाइते

जनकपुरधाम – सर्लाहीमा क्लबको भवन बनाउने विषयमा झडप हुँदा संघीय सांसद प्रमोद साह र उनका अंगरक्षक घाइते भएका छन् । शनिबार बिहान ईश्वरपुर नगरपालिका वडा नम्बर ६ बयलवासमा फुलझरी युवा क्लबको भवन बनाउने–नबनाउने विषयमा भएको विवादले झडपको रुप लिएको हो । झडपमा सांसद साह र उनका अंगरक्षक घाइते भएको ईलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक […]