दैलेख : जिल्लाको भैरवी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका एमबिबिएस पढ्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो।गाउँपालिका क्षेत्रभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबिएस (मेडिकल अधिकृत) अध्ययनका लागि सम्पूर्ण भर्ना शुल्क तथा अध्ययन शुल्क रकमको ९० प्रतिशत छात्रवृत्ति स्वरूप प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।अध्यक्ष बुढाका अनुसार आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नेपालभित्रका विश्