काठमाडौं : नेपालमा वार्षिक करिब ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नयाँ थपिने मध्ये करिब ४१ हजार बिरामी उपचारको पहुँच भन्दा बाहिर छन्।
केन्द्रका निर्देशक डा. अनुज भट्टचनले नेपालमा प्रत्येक वर्ष ६९ हजार भन्दा बढी क्षयरोगका नयाँ बिरामी थपिने गरेको बताए। उनले भने ‘ हाम्रो अनुमानमा अझैं पनि ४१ हजार क्षयरोगका बिरामी हाम्रो सम्पर्क बाहिर छन् भन्ने छ। हालको चुनौती भनेकै उनीहरूलाई उपचारको दायरामा ल्याउनु हो।‘
क्षयरोग प्रिभिलेन्स सर्वेक्षणका अन...