काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना ५ हजार रुपैयाँ धरौटी नबुझाएपछि कारागार चलान भएका छन् । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार उनीहरुलाई डिल्लीबजार कारागारमा राखिएको छ। नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले मुख थुन्दै बझाङका विप्लव खड्का, सोलुखुम्बु्का उद्धब बस्नेत र बाग्लुङका सोम शर्मालाई पक्राउ गरेको थियो […]