नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महामन्त्रीका उम्मेदवार गगन थापाले डा. शेखर कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले राजनीतिप्रतिको विश्वास बढाउन सक्ने बताएका छन् ।
राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न जानुअघि थापाले कांग्रेसलाई सशक्त बनाउन आफूहरूले टीम बनाएको बताएका हुन् ।
‘हामी नेपाल विद्यार्थी संघको नेतृत्वमा रहेका धेरै साथीहरु शेखरको नेतृत्वमा आएका छौं । शेखर सभापति बन्दा धेरै नयाँ साथीलाई कांग्रेसमा जोड्न सक्छौँ । कांग्रेसको मात्र होइन राजनीतिप्रतिको विश्वास बढाउन सक्छौँ,’ गगनले भने ।
...