महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका–१ गडीगोठमा भारतीय सुरक्षा बल एसएसबीले गोली प्रहार गरेको छ । गोलीको छर्रा लागेर एक नेपाली किशोर घाइते भएका छन् ।
दोधाराचाँदनीको बैलबन्धमा नेपाली भूमिमा प्रवेश गरी भारतीय सुरक्षा फौजले चलाएको गोली लागि स्थानीय १६ वर्षीय किशोर नरेश सुनार घाइते भएको स्थानीयले जनाएका छन् । कञ्चनपुर प्रहरीले दोधारा चाँदनीमा गोली चलेको पुष्टी गरेको छ । यद्यपी गोली एसएसबीले चलायो वा भारतीय वनरक्षकले भन्नेबारे थाह हुन नसकेको प्रहरीले जनाएका छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा पर्ने गडीगोठ भन्ने जंगलमा गोली चलेपछि घाइते भएका सुनार गोलीको छर्रा लाग्यो भनेर वारी पट्टी आएका थिए । डीएसपी थापाका अनुसार गोली कस्ले चलाएको खुल्न सकेको छैन् ।
वनमा तस्करी रोक्न भारतीय वन रक्षकले गोली चलाएको प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।