धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा फेरि गोली चलेको छ। मंगलबार जिल्लाको धनगढीमा गोली चलेको हो। नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ जुगेडामा आज बिहान दुई राउण्ड गोली चलेको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोली लागेर एक जना स्थानीय घाइते भएका छन्। गोली लागेर शिवरामनगर टोलका स्थानीय प्रजापति विष्ट घाइते भएका हुन्। घाइते विष्टले घरमा चोरी गर्न आएको समूहको गोली प्रहार गरेको र आफूले प्रतिकार गर्न खोज्दा चोरहरूले गोली चलाएको दाबी गरे।यस्