नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले १६ जिल्लाको नेतृत्व चयन गर्न तोकिएको निर्वाचन तालिका परिमार्जन गरेको छ ।
समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार नयाँ निर्वाचन तालिकाअनुसार फागुन १५ गते १६ जिल्लाको नेतृत्व चयन गर्न निर्वाचन गर्ने निर्णय भएको हो । गोरखापत्र दैनिकमा खबर छ ।