सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अध्यादेशमार्फत ल्याउँदै छ । यस पटक प्रतिनीधिसभा विघटन गरेर सरकारले चुनावको घोषणा गरिसकेकाले बजेटको आकार बढ्ने निश्चित छ ।बजेटको आकार बढ्ने अर्को कारण सामाजिक सुरक्षा भत्तामा पनि सरकारले बृद्धि गर्ने तयारी गरेको छ भने अर्को तर्फ कोरोना महमारी नियन्त्रणका लागि र कोरोना प्रभावितहरुको लागि राहत तथा पुनरुत्थानका कार्यक्रम पनि ल्याउनुपर्ने भएकाले बजेटको आकार बढ्ने भएको हो । साढे १६ खर्ब हारहारीमा बजेट बिनियोजन गर्ने अर्थमन्त्रालयको तयारी छ । बजेट न