निर्वाचन आयोगको निर्देशन : बजेटमा नतोकिएका नयाँ कार्यक्रम संचालन नगर्नु

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम संचालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ। योजना र बजेटमा नतोकिएको नयाँ कार्यक्रम संचालन गर्दा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्न सक्ने देखिएकाले…