सेयर लगानीकर्ता आन्दोलनमा

सरकारी नीतिका कारण नेप्से घटेको ठहरसँगै लगानीकर्ता यतिवेला आन्दोलनमा छन् । राष्ट्र बैंकले लगाउँदै आएको ४-१२ सेयर धितो कर्जाको सीमा हटाइनुपर्ने विषयलाई उनीहरूले मुख्य एजेन्डा बनाएका छन् ।  झन्डै १५ अंकले...

सम्बन्धित सामग्री

नीतिगत परिवर्तनको पखाईमा सेयर लगानीकर्ता

केही दिनअघि एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले सेयर बजारमा लिएको नीतिका कारण व्यवसायी समस्यामा परेको गुनासो गरे । राष्ट्र बैंकले सेयर बजारमा ठूलो मात्रामा कर्जा प्रवाह भएको भन्दै त्यसलाई नियन्त्रणमा राख्न अधिकतम १२ करोड रुपैयाँसम्म सेयर कर्जा लिन मिल्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाका कारण सेयर बजार घट्न […]

शेखर गोल्छा भन्छन्, ‘५० लाख सेयर लगानीकर्ता मौद्रिक नीतिको आशमा छन्’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सेयर लगानीकर्तादेखि उद्योगी व्यवसायी राम्रो मौद्रिक नीतिको आशमा रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष गोल्छाले आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिले सबैखालका अर्थतन्त्रका चुनौतीलाई समाधान गर्नुपर्ने बताएका हुन् । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले ठूला, साना, मझौला उद्योगीदेखि सर्वसाधरणहरुका सबैखाले समस्यालाई सम्बोधन गर्नुपर्ने र सोही अनुसार मौद्रिक नीति आउनेमा आफू र नीजि क्षेत्र आशावादी रहेको बताए ।अहिले अर्थतन्त्र चुनौतीबाट गुज्रिरहेको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अर्थतन्त्र सुधार हुने अपेक्षा नीजि क्षेत्रले गरेको उनको भनाई छ । अध्यक्ष गोल्छाले डिम्याट खाता खोलेर लगानी गरिरहेका ५० लाख सर्वसाधरण सेयर लगानीकर्ता पनि मौद्रिक नीतिकै आशमा रहेको बताए । सेयर धितो कर्जामा रहेको  ४ र १२ को नीतिले शेयर बजारमा निराशा छाएको बताउँदै अध्यक्ष गोल्छाले आगामी मौद्रिक नीतिमा यसबारे पुर्नबिचार गरिनुपर्ने बताए । गोल्छाले तत्काल तरलताको समस्या समाधान नभए अर्थतन्त्र चरम मन्दीतर्फ जानसक्ने चेतावनी पनि दिए । उनले महँगी ८ प्रतिशत मात्रै रहेको भनिएपनि होलसेल बजारमा १८ प्रतिशत पुगिसकेको बताए ।

सेयर लगानीकर्ता सडकमा, चर्चा सदनमा

पछिल्लो समयमा सेयर बजारको चर्चा सडकदेखि सदनसम्म चलेको छ । नेपाल राष्ट्र बैंकको नीतिका कारण ५२ लाख लगानीकर्ताको खर्बांै रुपैयाँ डुबिसकेको दाबी छ । र यसको चर्चा सदनसम्म चलेको छ । हुनत सेयर बजारका लगानीकर्ताहरूका बारेमा सदनमा चिन्ता लिनुलाई राजनीतिक स्टन्टका रूपमा पनि लिइन्छ । स्थानीय तह निर्वाचनको परिणाम आएदेखि सेयर बजारको यात्रा ओरालो लागेको […]

सेयर लगानीकर्ता तिलक कोइरालाले तोडे १० दिनपछि अनसन

असार १ गते देखि आमरण अनसनरत सेयर लगानीकर्ता तिलक कोइरालाले १० दिनपछि अनसन तोडेका छन् । आफूले राखेका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले व्यक्त गरेपछि कोइरालाले हमालको हातबाट जुस पिएर शुक्रबार अनसन तोडेका हुन् । शेयर बजार सुधार र विस्तारका लागि तिलक कोइरालाले असार १ गतेदेखि अनसनमा बस्दै आएका थिए ।

५२ लाख सेयर लगानीकर्ता किन आन्दोलित छन् ?

काठमाडौं, २८ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले पुँजी बजारमा झन्डै १९ खर्बभन्दा बढी नोक्सानी भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने, “आठ महिनादेखि पुँजी बजार निरन्तर रुपमा घटिरहेको छ । यसबाट १९ खर्बभन्दा बढी नोक्सानी भएको […]

‘कन्फिडेन्स’ खोज्दै सेयर लगानीकर्ता

२५ जेठ, काठमाडौं । २ भदौ २०७८ मा अहिलेसम्मकै उच्च विन्दु ३१९९.०३ छोएको सेयर बजार परिसूचक नेप्से त्यसयताको ९ महिनामा १२ सय अंक तल झर्‍यो । हाल सेयरको दैनिक कारोबार औसतः डेढ अर्बमा खुम्चिएको छ । ४० खर्ब १० अर्ब रुपैयाँसम्म पुगेको बजार पूँजीकरण अब घटेर २९ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ । कोरोना […]

किन डुब्दैछन् साना सेयर लगानीकर्ता

पछिल्लो समय नेपाली बजारमा सेयरतिर धेरै जनता आकर्षित बनेको छन् । विभिन्न वित्तीय संस्थाहरू, कम्पनीहरूले सेयर खरिदबिक्री गर्ने प्रथाको विकास गरेको छन् । सेयर खरिद बिक्री अहिले निकै नै जनचासोको विषय बन्न पुगेको छ । कुनै दिन सेयरको मूल्य ह्वात्तै उकालो लाग्छ । कहिले निकै नै ओरोला । यसलाई जुवाको खेती पनि भन्न सकिन्छ । […]

सेयर लगानीकर्ता निराश

अर्थतन्त्रका सूचकहरु नकारात्मक हुन थालेपछि सेयरका लगानीकर्ता निराश देखिन थालेका छन् ।बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको संकटले ल्याएको लगानीयोग्य रकमको संकुचन र नियामक निकायका नीतिले गर्दा अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ ।तिहार विदापछि खुलेको बजार यो साताभर लगातार ओरालो लाग्यो । कात्तिक १७ गते २८४८ अंकमा पुगेर बन्द भएको सेयर […]

निजी कम्पनी सेयरबजारमा

निरञ्जनकुमार टिवडेवाला सेयर लगानीकर्ता  पहिले सेयर दाखिला खारेज पत्रमार्फत सेयर कारोबार हुन्थ्यो । त्यतिखेर नेपाल बैंक, नेपाल इन्स्योरेन्स, साल्ट ट्रेडिङलगायत कम्पनी मात्रै थिए । बहुसंख्यक मानिस सेयरबारे अनभिज्ञ नै थिए । माथिल्लो तहका ब्राह्मण, राणा...

सेयर बजार सुधार्न माग गर्दै अनसन, सरकारले गर्ला सम्बोधन ?

५ फागुन, काठमाडौं । पुँजीबजारको नीतिगत सुधारको माग राख्दै सेयर लगानीकर्ता तिलक कोइराला आमरण अनसनमा बसेको बुधबार चौथो दिन लागेको छ । चौथो दिनमा कोइरालाको स्वास्थ्यमा समस्या देखिन सुरु भएको सेयर लगानीकर्ता दवाव समूहका महासचिव नयन बास्तोला बताउँछन् । तर उनले राखेका माग पुरा गराउन भने सरोकारवाला निकायले खासै चासो नदिएको उनको गुनासो छ । […]