पूँजीबजारप्रति लगानीकर्ता चिन्तित

काठमाडौं । कुनै समय महिनाकै १ अर्ब बढी राजस्व बुझाउने नेपालको पूँजीबजार यतिखेर धराशायी बन्दै गएको प्रति लगानीकर्ता चिन्तित भएका छन् । लगभग १८ प्रतिशत जनता शेयरबजारमा आवद्ध रहेको नेपालको शेयर बजारमा ४४ खर्ब बराबरको पूँजी रहेको छ तर ३२ सयमाथि पुगिसकेको शेयर बजारको इन्डेक्स हाल १८ सयको हाराहारीको विन्दुमा आउँदा लगानीकर्ता थप मर्माहत भएका […]

सम्बन्धित सामग्री

२ अर्वको बिजुली खेर, लगानीकर्ता चिन्तित

झन्झटिलो सरकारी नियमका कारण ऊर्जा क्षेत्रमा संकट आउन थालेको भन्दै लगानीकर्तादेखि अन्य सरोकारवालाहरुले चिन्ता जनाएका छन् । वन तथा वातावरण मन्त्रालयले समयमा नै जग्गा स्वीकृत नदिनु, अन्य जग्गाको मुआब्जा विवाद लगायतका कारण कतिपय स्थान ६ वर्षदेखि प्रसारणलाईन निर्माण कार्य रोकिएका छन् । समयमा नै प्रसारण लाइन नबन्दा २ अर्वभन्दा बढीको बिजुली खेर जान थालेको भन्दै […]

आधाभन्दा धेरैले घट्यो पूँजीगत लाभकर

काठमाडौं । गत फागुनमा सरकारले धितोपत्रको दोस्रो बजारका लगानीकर्ताबाट माघको तुलनामा आधाभन्दा पनि कम पूँजीगत लाभकर संकलन गरेको पाइएको छ । फागुनमा सरकारले पूँजीगत लाभकर शीर्षकमा १७ करोड १५ लाख रुपैयाँभन्दा बढी संकलन गरेको छ । यो महीना नाफामा धितोपत्र कारोबार गरेका लगानीकर्ताबाट सरकारले उक्त कर संकलन गरेको हो । दोस्रो बजारका लगानीकर्ताले नाफामा धितोपत्र विक्री गर्दा सरकारलाई बढीमा १० प्रतिशतसम्म पूँजीगत लाभकर बुझाउनुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले अल्पकालीन अवधिको कारोबारमा ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनमा ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने कानूनी व्यवस्था छ । दोस्रो बजारमा धितोपत्रको कारोबार घट्दा लगानीकर्ता र सरकार दुवैको आम्दानी घटेको छ । माघमा सरकारले धितोपत्रको दोस्रो बजारबाट ३४ करोड ६४ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । फागुनको कारोबारमा धितोपत्रको दोस्रो बजारको कुल बजार पूँजीकरण २ खर्ब ३८ अर्ब २८ करोड २५ लाख रुपैयाँले घटेको नेप्सेको तथ्यांकले देखाउँछ । माघ मसान्तमा ३० खर्ब ६१ अर्ब ९६ करोड २० लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण फागुन मसान्तमा २८ खर्ब २३ अर्ब ६७ करोड ९४ लाख रुपैयाँमा झरेको हो । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले सरकारले फागुनमा भने दीर्घकालीन लगानीकर्ताबाट बढी पूँजीगत लाभकर संकलन गरेको जानकारी दिए । पछिल्ला केही महीना अल्पकालीन लगानीकर्ताबाट बढी कर संकलन भइरहेकोमा फागुनमा दीर्घकालीनबाट बढी कर उठेको न्यौपानेले जानकारी दिए । उनका अनुसार फागुनमा संकलित १७ करोड १५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकरमा दीर्घकालीन लगानीकर्ताको योगदान ९ करोड १३ लाख रुपैयाँभन्दा बढी छ । अल्पकालीन लगानीकर्ताबाट ८ करोड २ लाख रुपैयाँभन्दा बढी संलकन भएको न्यौपानेले जानकारी दिए । माघको तुलनामा अल्पकालीन लगानीकर्ताबाट १६ करोड ६३ लाख रुपैयाँभन्दा कम र दीर्घकालीनबाट ८५ लाख २० हजार रुपैयाँभन्दा केही कम पूँजीगत लाभकर संकलन भएको सिडिएससीले जानकारी दिएको छ । माघमा अल्पकालीन लगानीकर्ताबाट २४ करोड ६५ लाख रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट ९ करोड ९८ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । पछिल्लो समय बजार निरन्तर घटिरहँदा आम लगानीकर्ता चिन्तित बनेका छन् । उनीहरूले बजार सुधारका लागि लगानीकर्तासँग गरेको सम्झौताबमोजिम काम गर्न बजारसम्बद्ध निकायसँग माग गर्दै आएका छन् । धितोपत्र बजार बढ्दा यसमा सहभागी लगानीकर्तासँगै सरकारको समेत आम्दानी बढ्ने तथ्यांक बजारले कीर्तिमान कायम गरेको अवधिको पूँजीगत लाभकर संकलनको अवस्थाले स्पष्ट पार्ने तर्क लगानीकर्ताको छ । अर्थतन्त्रको ऐना मानिने धितोपत्र बजारको हालको अवस्था सुधार्न सरकारले विशेष ध्यान दिनुपर्नेमा लगानीकर्ताले जोड दिएका छन् ।

कर्जा लिएका लगानीकर्तालाई मार्जिन कलको त्रास

काठमाडौं । दोस्रो बजारमा धितोपत्रको मूल्य घटिरहेकै बेला मार्जिन कलबाट लगानीकर्ता त्रस्त छन् । बैंक, वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा लिएका लगानीकर्तालाई मार्जिन कल आउन शुरू भएको छ । दिनहुँ बजार घट्दै गएको चिन्तामा रहेका उनीहरू मार्जिन कलले चिन्ता थपेको बताउँछन् ।  बैंक, वित्तीय संस्थाले मार्जिन प्रकृतिको कर्जा दिँदा धितोमा राखेको शेयरको मूल्य २० प्रतिशत घटेको अवस्थामा थप रकम वा शेयर धितो राख्न कल गर्छन् । यसले मार्जिन प्रकृतिको कर्जा लिएका लगानीकर्तामा चिन्ताको पारो माथि उक्लेको हो ।  शेयर लगानीकर्ता दबाब समूहका सचिव नयन बास्तोलाले पछिल्लो समय मार्जिन कलका कारण लगानीकर्ता त्रस्त बनेको जानकारी दिए । बजार ऐतिहासिक विन्दुमा उक्लेका बेला कर्जा लिएका लगानीकर्ता अहिले मार्जिन कलको समस्यामा रहेको उनले अनुमान लगाए । बजार यसरी नै घट्दै गए आफूलाई पनि मार्जिन कल आउने डर बास्तोलालाई छ ।  पुरानो लगानीकर्ता भएको र यसबीचमा धितो राखेका शेयरको बोनस र हकप्रद थप भएकाले आफूलाई मार्जिन कल नआएको हुनसक्ने उनको अनुमान छ । वित्तीय प्रणालीमा लगानीयोग्य पूँजीको अभाव रहेको र धितोपत्र मूल्य दिनदिनै घटिरहेको बेला मार्जिन कलको प्रक्रिया पूरा गर्न लगानीकर्तालाई समस्या हुने बास्तोला बताउँछन् । अहिले बजारका लागि नीतिगत परिवर्तन आवश्यक देखिएकाले सरकारले त्यसमा ध्यान दिए बजार सकारात्मक बनी मार्जिन कलको समस्याबाट लगानीकर्ताले मुक्ति पाउने उनको बुझाइ छ ।  अनुभवी लगानीकर्ता एवम् नेपाल इन्भेस्टर्स फोरमकी सचिव दुर्गा तिवारीले पनि लगानीकर्ता मार्जिन कलको चपेटामा पर्न थालेको बताइन् । बजार घटेर आम लगानीकर्ता चिन्तित भइरहेका बेला मार्जिन कलले तनाव बढाएको उनको भनाइ छ । ‘यो समस्या समाधानका लागि तरलता सहज हुनुपर्छ,’ उनले भनिन्, ‘तरलता सहज नभएसम्म मार्जिन कलको समस्या आइरहन्छ ।’  धितोपत्रको मूल्य धेरै घटेका बेला घाटामा बेच्न पनि नचाहने र बैंक, वित्तीय संस्थाबाट कर्जा पनि नपाउने समस्याबीच मार्जिन कल त्रासकै विषय रहेको तिवारी बताउँछिन् । जुन अनुपातमा बजार घटेको छ, त्यसअनुसार लगानीकर्तामा मार्जिन कलको समस्या नआएको बताइन्छ । बजारमा तरलता संकट शुरू भएसँगै मार्जिन प्रकृतिका कर्जा प्रवाहमा पनि कमी आएको तथा अघिल्ला ३ महीनामा लगानीकर्ताले धितोमा राखेका शेयरमा बोनस थपिएकाले मार्जिन सन्तुलनमा रहेको हुनसक्ने अनुमान छ । बजार अझै घटेको खण्डमा भने मार्जिन कलको समस्यामा कर्जा लिने सबै लगानीकर्ता पर्ने जानकार बताउँछन् । गत भदौ २ गते नेप्सेले ३ हजार २०० विन्दु पार गरी कीर्तिमान कायम गरेको थियो । त्यसपछि गत मङ्सिर २७ गते २ हजार २५९ दशमलव ५१ विन्दुसम्म झरेको बजारले गत माघ ३ गते ऐतिहासिक विन्दुपछिको उच्च विन्दु छोयो । उक्त दिन नेप्से परिसूचक २ हजार ९५६ विन्दुसम्म उक्लेको थियो । पछिल्लो कारोबार दिन बुधवार नेप्से २ हजार २७५ दशमलव ६८ विन्दु कायम भएको छ । माघ ३ गतेकै उच्च विन्दुलाई आधार मान्दा यसबीचमा नेप्से २३ प्रतिशत घटिसकेको छ । बैंक, वित्तीय संस्थाले मार्जिन प्रकृतिको कर्जा ७० प्रतिशतसम्म प्रवाह गर्न सक्ने व्यवस्था छ । लगानीकर्ताले आफ्नो शेयर धितो राखेर एउटा संस्थाबाट ४ करोड र बढीमा ४ बैंकबाट १२ करोड रुपैयाँसम्म यस्तो कर्जा पाउने व्यवस्था छ । बैंक, वित्तीय संस्थाले १८० दिनको औसत मूल्य र बजार मूल्यमा जुन कम हुन्छ त्यसैको आधारमा यो कर्जा प्रवाह गर्दै आएका छन् ।

सेयर बजारमा भारी गिरावट, लगानीकर्ता चिन्तित

काठमाडौँ– सेयर बजारमा भारी गिरावट आएको छ । बुधबारको कारोबारमा बजार मापन गर्ने इन्डेक्ससँगै करोबार रकम पनि घटेको छ । इन्डेक्ससँगै निरन्तर कारोबार रकम घट्दा बजार कता जाँदैछ भन्ने तर्फ लगानीकर्ता चिन्तित बन्न थालेका छन् । बुधबार बजार मापन गर्ने सूचक ३८.४५ अंकले घटेर परिसूचक २७७६.६१ बिन्दूमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने […]