चुनावको प्रतीक्षामा रहेका लगानीकर्ता निराश : प्रोफिट बुकको नीतिले दबाबमा नेप्से

मंगलबार लगानीकर्ता निराश बनेका छन् । स्थानीय तह चुनावको मिति तोकिने प्रतीक्षामा रहेका लगानीकर्ता चुनावको मिति तोकिएपछि पनि बजार ओरालो लाग्दा निराश बनेका हुन् ।  सरकारले सोमबार चुनावको मिति तोकेसँगै बजार बढ्ने...

सम्बन्धित सामग्री

बजेटपछि लगानीकर्ता निराश, २.७४ प्रतिशत घट्यो नेप्से

काठमाडौं । बजेटपछिको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव ७४ प्रतिशत अर्थात् ५३ दशमलव १६ अंक घटेर १ हजार ८८८ दशमलव ६१ विन्दुमा झरेको छ । सोमवार सार्वजनिक भएको बजेटले पूँजी बजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश हुँदा नेप्से उच्च अंकले घटेको देखिन्छ । धेरै वर्षदेखि धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई भित्र्याउने कुरा उठ्दै आएको थियो । त्यसलाई नै चालू आर्थिक वर्षको बजेटमा निरन्तरता दिइएको छ । चालू आवको बजेटमार्फत लगानीकर्ताले शेयर धितो कर्जामा कायम रहेको १२ करोड रूपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्‍याएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशत नै कायम गर्नुपर्ने तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने जस्ता माग गरेका थिए । यी विषयमा कुनै सम्बोधन भएन ।  यस कारण मंगलवार उच्च अंक घटेको देखिन्छ ।  यसो त पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएको छ । यसकारण पनि बिस्तारै ब्याजदर घट्ने देखिन्छ । यसले शेयर बजार सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् ।  यस दिन २७५ धितोपत्रको ७० लाख ७४ हजार २५५ कित्ता ४० हजार ६३४ पटकमा रू. २ अर्ब ३४ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८१८ दशमलव ६० पुगेको हो । त्यस्तै दोस्रोमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. ३७२ दशमलव ४० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शनका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव २६ प्रतिशत घटेर रू. २९३ दशमलव १० मा झरेको छ । त्यस्तै दोस्रोमा सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ९ दशमलव १० प्रतिशत घटेर रू. ७ दशमलव शून्य ९ कायम भएको छ ।  मंगलवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. २१ करोड २४ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४६२ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रू. १० करोड ११ लाख बराबर भएको हो ।  यस दिन कारोबारमा आएका समूहगत परिसूचक सबै घटेको छन् । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव ५० प्रतिशत घटेको छ । मंगलवार सेन्सेटिभ इन्डेक्स २ दशमलव ३६, फ्लोट इन्डेक्स २ दशलमव ७४ र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २९ प्रतिशत घटेका छन् ।

शेयर बजार घटेकाे घट्यै, लगानीकर्ता निराश हुँदा १ अर्ब रुपैयाँको पनि कारोबार भएन

काठमाण्डाै – शेयर बजार आज साेमवार सामान्य घटेको छ । हिजो आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २९ अङ्कले घटेर एक हजार नाै सय ७३ दशमलव शून्य एक विन्दुमा झरेको छ । आज उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । नेप्से घटेसँगै लगानीकर्ता निराश बन्दा कारोबार रकममा निकै कमी आएको छ । कुनै बेला एक दिनमै झन्डै २१ अर्ब रुपैयाँको कारोबार हुने गरेकोमा अहिले एक अर्ब रुपैयाँ पनि पुग्न मुस्किल देखिएको छ । आज दुई सय २४ वटा कम्पनीकाे २४...

अस्थिर सेयर बजारले लगानीकर्ता निराश

सेयर बजारमा आइरहेको निरन्तर गिरावटले लाभांश पाउने समयमा पनि लगानीकर्ता उत्साहित हुन सकेका छैनन् । बजारमा आएको अस्थिरताले लगानीकर्ता निराश बन्न पुगेका हुन् ।  पछिल्लो समय नेप्से परिसूचक अस्थिर बन्दै आइरहेको छ । नेप्से...

शेयरबजार २०.३४ अंकले घट्यो, बुद्धभूमि हाइड्रोका लगानीकर्ता निराश

आज (बुधबार) नेपालको शेयरबजार २०.३४ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचक दोहोरो अङ्कले घट्दै बिन्दु २६३०.३६ मा झरेको हो ।२ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर कारोबार भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले आज सबैभन्दा धेरै कमाएका छन् । प्रतिकित्ता शेयर मूल्य १० प्रतिशत बढ्दै ७४५ रुपैयाँ पुगेको छ ।बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले भने प्रतिकित्ता शेयरमा २४ रुपैयाँ गुमाएका छन् । प्रतिशतका हिसाबले सो कम

सुधार नहुँदै नेप्से सूचकमा पुन: पहिरो

साताको अन्तिम कारोबार बिहीबार नेप्से सूचकमा पुनः पहिरो गएको छ । बुधबार सामान्य बढेपछि आशावादी रहेका लगानीकर्ता निराश बन्न पुगेका छन् । मौद्रिक नीतिको समीक्षापछि बजार सकारात्मक हुन सकेको छैन भने लगानीका लागि...

सेयर बजारमा डेढ सय अंकको गिरावट

नेपाली सेयर बजारमा यो साता करिब डेढ सय अंकले गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभावले बढेको व्याजदर र राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समिक्षामा लगानीकर्ताका माग नसमेटिएपछि लगानीकर्ता निराश देखिएका हुन् ।सेयर बजार परिसूचक (नेप्से) गत साता २७३१ अंकमा बन्द भएकोमा यो साता घटेर २५८६ अंकमा झरेर बन्द भएको छ । […]

थामिएन सेयर बजारको गिरावट

फाइनान्स समूहका लगानीकर्ता सबैभन्दा बढी घाटामा सेयर बजार सूचकांक नेप्से घट्नेक्रम रोकिएको छैन । तिहारपछि नेप्सेमा लगातार करेक्सन भइरहेको छ । तिहारअघि पनि उच्च करेक्सन भई प्यानिक बनेका लगानीकर्ता पछिल्लो बजारबाट अनपेक्षित निराश...

कारोबार भएकामध्ये दुई समूहमा गिरावट

काठमाडौं। आज व्यापार र अन्य समूहका लगानीकर्ता निराश भएका छन्। नेपाल स्टक एकस्चेञ्ज (नेप्से) आज कुल १३ समूहमध्ये दुई समूहमा गिरावट आएको छ। आज व्यापार समूहको सूचक २०.६ र अन्य समूहको सूचकमा १२.०१ अंकको गिरावट आएको हो। यीबाहेक अन्य सबै समूहमा उत्साहजनक वृद्धि भएको छ। आज सबैभन्दा बढी विकास बैंक समूहको सूचकमा ८९ अंकको वृद्धि भएको छ।

साताको सेयर बजार : निराश बने बैंकिङ समूहका लगानीकर्ता

९ माघ, काठमाडौं । माघ महिनाको पहिलो साता समग्रमा सेयर बजार उकालो लागेको छ । सेयर कारोबार सार्वजनिक बिदा बाहेक सातामा ५ दिन खुला रहन्छ । माघको पहिलो साता पाँचै दिन कारोबार भएको छ । पाँच दिनको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक ५३ अंकले वृद्धि भएको छ । गत आइतबार नेप्से परिसूचक २ हजार […]