काठमाडौं : नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्। सभामुखको भूमिकालाई लिएर एमालेले निरन्तर संसद अवरोधका गर्दै आइरहेको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका विनियोजन विधेयक पारित भएको छ। अर्थमन्त्री शर्माले पेश गरेकाे विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्, आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्, आर्थिक विधेयक, २०७८ माथि दफावार छलफल र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका