परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान

मुलुकको पहिचान बचाइराख्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाले नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले मंगलबार नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई मोहडामा प्रयोग भएको काठ, इँटा र झिङ्गटीको अनुदान वितरण गरेको हो । नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड–२०६०, तेस्रो संशोधनअनुसार भक्तपुर नगरको विश्व सम्पदा क्षेत्र तथा पुरानो …

सम्बन्धित सामग्री

भक्तपुरमा परम्परागत घर बनाउनेले पाए ७९ लाख अनुदान

भक्तपुर । भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीले अनुदान पाएका छन् । भक्तपुर नगरपालिकाले परम्परागत घरको मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान रकम वितरण गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको मंगलवार आयोजित एक कार्यक्रममा परम्परागत घर बनाउने २६ जनालाई ७९ लाख ८३ हजार ९२५ रुपैंया प्रदान गरे […] The post भक्तपुरमा परम्परागत घर बनाउनेले पाए ७९ लाख अनुदान appeared first on राजधानी राष्ट्रिय दैनिक.

भक्तपुरको बजेट : चालू खर्चतर्फ १ अर्ब १० करोड र पूँजीगततर्फ ८२ करोड ९७ लाख

असार ११,   भादगाउँ(भक्तपुर ) । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/ ०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहीवार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन् । बजेटको चालू खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार र पूँजीगततर्फ ८२ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।             बजेटको कुल आयमध्ये बाह्य स्रोतबाट १ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । सोमध्ये सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा ६१ करोड ७७ लाख रुपैयाँ अनुमान गरिएको छ । सामाजिक सुरक्षा भत्तावापत ३० करोड र सडक बोर्डमार्फत ५० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।       त्यस्तै बाग्मती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ७ करोड ७२ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । आन्तरिक आयतर्फ कर दस्तुरलगायतबाट कुल ४० करोड १० लाख रुपैया आम्दानी हुने अनुमान छ ।             बजेटमा शिक्षा क्षेत्रमा कुल बजेटको १६ दशमलव ३२ प्रतिशत छ्ट्याइएको छ । त्यस्तै स्वास्थ्यमा १३ दशमलव ५६, सम्पदा संरक्षण तथा विकास निर्माणमा २ दशमलव ७३, नवनिर्माण तथा पुनर्निर्माणमा २० दशमलव ७०, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ४ दशमलव शून्य ४, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १६ दशमलव १४, युवा तथा खेलकूदको क्षेत्रमा २ दशमलव ४५, कृषिमा १ दशमलव ५२ र नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि २१ दशमलव ९८ प्रतिशत विनियोजन गरिएको छ ।      कोरोनाका कारेण आगामी आवको शुरु चार महीनाको व्यवसाय कर छुट तथा ख्वपः अस्पतालको भवन बनाउन २० करोड रुपैयाँ र ख्वप अस्पताल र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनमा ३ करोड रुपैयाँ विनियोजन भएको छ । वडास्तरका योजनाहरू सञ्चालन गर्न प्रति वडा ५० लाख रुपैयाँ र सडक बोर्डका योजनालाई १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।             दीर्घरोग क्यान्सर, मुटु, मृगौला, मस्तिष्काघात र स्पाइनल इन्ज्युरी भएका बिरामीलाई आगामी वर्षदेखि १५ हजार रुपैयाँ दिने भएको छ । शैक्षिक ऋण वितरणको लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीलाई मोहडाका लागि इँटा, काठ र झिङ्गटीमा लाग्ने कुल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ  । रासस

डोली र डोला हेर्न थारू सङ्ग्रहालय

शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारू सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ। थारु समुदायको ऐतिहासिक रहनसहन, संस्कृति र जनजीवनलाई सङग्रहालयमा जीवन्त प्रस्तुत गरिएको छ। यसका लागि परम्परागत शैलीमा घर निर्माण तथा सौर्य ऊर्जा जडान समेत गरिएको छ।

पुरानाे शैलीका घर बनाउने साँखुका स्थानीयलाई नगरपालिकाको एक लाख रुपैयाँ सहयोग

काठमाडाैं –  शङ्खरापुर नगरपाकिलाले साँखुमा पुरानो शैलीका पुरातात्विक तथा ऐतिहासिक घर निर्माण गर्नेलाई रु एक लाख थप अनुदान वितरण गरेको छ । साँखुको ऐतिहासिक पहिचान र अस्तित्व बचाउन परम्परागत शैलीमा घर निर्माण गर्नुपर्ने नगरपालिकाको निर्णयअनुसार उक्त रकम वितरण गरिएको हो ।  नगरपालिकाले तोकेको मापदण्डअनुस...