ब्लगबाट कसरी पैसा कमाउने ?

के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।  इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसीबसी सजिलै कमाउन सकिने...

सम्बन्धित सामग्री

यी हुन् संसारमा धेरै पैसा कमाउने राजनीतिज्ञ

एजेन्सी । जब तलबको कुरा आउँछ तब सरकारी वा निजी जागिरको तलब कुरा आउछ। तर, राजनीतिज्ञहरूको तलबको बारेमा हामीहरू कमैले चाँसो राखेका हुन्छौं। राजनीतिज्ञले पनि तलब भत्ताबाट धेरै पैसा कमाउनछन्। राजनीतिज्ञलाई तलबभत्ताका साथै अन्य कुराहरूको सुविधापनि मिलेको हुन्छ। कुनै देशले त राजनीतिज्ञहरूमाथि करौडौं रूपैयाँपनि खर्च गरेको हुन्छ। संसारमा सबैभन्दा धेरै कमाउने राजनीतिज्ञ एक रिपोर्टका अनुसार […]

इन्स्टाग्राममा सर्वाधिक कमाउने रोनाल्डो, मेसी पछ्याउँदै

क्रिस्टियानो रोनाल्डो इन्स्टाग्रामबाट सर्वाधिक पैसा कमाउने स्टार बनेका छन्। उनले लामो समयदेखिका आफ्ना प्रतिद्वन्द्वी लियोनेल मेसीलाई अघि बढ्न दिएका छैनन्। मेसी भने सर्वाधिक पैसा कमाउने स्टारको तेस्रो नम्बरमा रहेका छन्। दोस्रो नम्बरमा अमेरिकाकी सेलिब्रेटी काइली जेनर रहेकी छन्। रोनाल्डो ५२९ मिलियन फलोअर्सका साथमा पर ब्रान्ड पोस्ट २ मिलियन पाउन्ड कमाइ गर्ने गरेका छन्। होपर्सका अनुसार […]

पैसा कमाएर कता राख्छस् !

नेपाली समाजमा आजको युगमा वास्तवमा भन्ने हो भने पैसा कमाउने र नकमाउने मानिसलाई हेर्ने र गर्ने व्यवहार फरक–फरक भएको प्रत्यक्ष रूपमा देखिन्छ । पैसा कमाउनेलाई अलि बढी भाउ दिइन्छ भने पैसा नकमाउनेलाई आफ्नै इष्टमित्रबाट गरिने व्यवहार र बोली पनि फरक–फरक र भिन्न भएको अनुभव हुन्छ । नेपालीमा एउटा उखानै पनि सुन्दै आएका छौं– सम्पत्तिमा सबैको […]

ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका

अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमाउने अवसर ल्याएको छ । ग्यापुको अफिलिएट प्रोग्राम अन्तर्गत ‘रिफर एण्ड अर्न’, ‘सेयर एण्ड अर्न’ र ‘अर्न पर क्लिक’ ल्याएको हो । ‘रिफर एण्ड अर्न’ का लागि प्रयोगकर्ताले सर्वप्रथम ग्यापुको एप डाउनलोड गरि लगइन गर्नुपर्ने हुन्छ । ग्यापुमा रहेको आफ्नो प्रोफाइल लिंकलाई साथीहरूसँग...

मन्त्रीपदमा टाँसिरहन र पैसा कमाउने लोभ छैन्: निवर्तमान मन्त्री श्रेष्ठ

काठमाडौं ।  निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीपदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताउनुभएको छ । आज (सोमबार) मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भएपनि त्यो सत्य नभएको जिकिर गर्नुभयो । मन्त्री […]

ओलीले भने - नेपालमा विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताएका छन् । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताएका हुन् ।उनले भने, ‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पढाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खाेल्नु पर्ने हो । तर त्यसलाई राेक्न लागेका छन् । विद

ब्लग के हो ? कसरी पैसा कमाउने ?

के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।  इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसीबसी सजिलै कमाउन सकिने...

पैसा किन र कसरी कमाउने

पैसा यस्तो चीज हो जीवनको हरेक परिस्थितिमा, मोडमा आवश्यक छ । त्यसैले बच्चालाई होश सम्हाल्न शुरू गरेपछि पैसा कमाउने र त्यो कमाइलाई लगानी गर्ने बारेमा सिकाउनुपर्छ । कहाँ लगानी गर्ने भन्ने कुरा परिस्थितिमा भर पर्छ र त्यो स्वयं लगानीकर्ताले तय गर्ने विषय हो यो सिकाउन सकिँदैन । पैसा कमाउन लगानी बीना सम्भव छैन भन्ने कुरा सानो उमेरबाट नै सिकाउनु र सिक्नु आजको मूलभूत वित्तीय शिक्षा हो । अधिकांश सफलतामा पैसाको भूमिका सर्वोपरि छ । जन्मेको दिनदेखि मर्दासम्म यस्तो दिन विरलै भेटिएला, जसमा मानिसलाई पैसा वा सम्पत्तिको आवश्यकता नपरेको होस् । घरको खुशीमा, इष्टमित्रको सम्मानमा, राम्रो पढाइमा, स्वस्थखानामा हरेक ठाउँमा पैसाको खाँचो युगाैंदेखि रहेको थियो र अब पनि यो बढ्दै छ त्यसैले पैसाको सम्मानमा कहिल्यै कन्जुस्याइँ नगरौं । पैसा कमाउने हजार उपायहरू छन् तर खर्च गर्ने निकै सीमित ठाउँहरू हुन्छन् । हजारौं उपायको माझमा एउटामात्र उपायमा सफल हुनसके जति पनि कमाइ हुन्छ । जहिले पनि आधारभूत आवश्यकता पूरा गर्न गरिने कमाइले हामी सबैलाई औसत मानिस बनाउँछ भने त्यसपछिको प्रत्येक सीमान्त आम्दानीले मानिसलाई धनी बन्ने बाटो खोल्छ । त्यसैले सीमान्त आम्दानी बढाउन दिनमा गुणा र रातमा चौगुणाको दरले कमाउनका लागि लगानीका सूत्रहरू सोचौं । अनुशासित बनाैं, हरेक समय उचित लगानीका ठाउँहरू खोजाैं, पैसालाई आम्दानीको मुल ठाउँमा रोप्न सिकौं, प्रत्येक सोंचलाई उद्यमी सोच बनाऔं, प्रत्येक निर्णयलाई सार्थक बनाऔं । विगतको धरातल वा औकातलाई आधार मानेर आफूलाई संकीर्ण तथा निम्छरो नबनाउनु हुँदैन । लगानीको अर्को नाम जोखिम हो । त्यसैले जोखिम लिने काममा कहिल्यै पछाडि नहटाैं तर परिस्थितिको विश्लेषण गरेर लगानी गराैं । व्यवसाय, उद्यमशीलता, सेवाक्षेत्र, शेयरबजार, म्युचुअलफन्ड, परामर्श, सेवा अनेक लगानीका क्षेत्र छन् । यसबाहेक उद्यमशीलता, सृजनशीलता, पहल गर्ने क्षमता यस्ता क्षेत्र हुन जसको परिधि अपरिमेय छ । नवसृजनाका लागि अरूको विचार खोज्न जरुरी नै छैन बाटो आफै खोज्ने हो । पैसाको पछिपछि भाग्ने होइन, यस्तो क्षमता आफूमा विकास गर्ने हो बाध्य भएर पैसा यहाँको समीपमा आओस् । यसका लागि राम्रो पढाइ, नामी विश्वविद्यालय, राम्रो खानदान, राजनीतिमा पँहुच, उँचो परिवार वा कुल घरानमा जन्म हुनु आदि मात्र केही सहयोगी तत्त्व हुन् । वास्तवमा कमाउनका लागि मुख्य कुरा त हाम्रो सोच र प्रवृत्ति हो । लगानी शिक्षामा पनि आवश्यक छ, स्वास्थ्य र समृद्धि हरेक ठाउँमा आवश्यक छ तर समयअनुसार कुन ठाउँमा कति लगानी गर्ने भन्नेबारेमा सोच्नुपर्छ । पछिल्ला दिनमा शेयरबजारमा लगानी गर्नु पनि ठूलो अवसरका रूपमा हेरिएको छ । बितेको १२ महीनामा लाखौं मानिसले शेयरबजारबाट पक्कै पर्याप्त कमाए किनभने पोहोर साल १४०० को हाराहारीबाट बढ्न थालेको बजार अहिले ३१०० माथि गएको छ । यो बजारमा कसैले पनि निरपेक्ष कमाउन सक्दैन किनकी १० प्रतिशत लगानीकर्ताले राम्रोसँग कमाए भने ९० प्रतिशतले गुमाएका पनि हुन्छन् । शेयरबजारमा पनि कमाउनका लागि होशियारी र समय विश्लेषण आवश्यक हुन्छ । यसमा पनि व्यापक जोखिम छ, त्यसैले राम्रोसँग बजार बिश्लेषण गरेरमात्र यसमा हात हाल्नुपर्ने हुन्छ । शेयरबजारमा कमाउनका लागि कम्पनीहरूको प्राविधिक विश्लेषण गर्न जरुरी छ । प्राविधिक विश्लेषण गरेर नेप्सेको उतार चढावको ग्राफ हेरेर छोटो अवधिमा नाफा कमाउनका लागि लगानी गर्न सकिन्छ । जसको शेयर किन्ने वा बेच्ने गरिँदै छ त्यसको वित्तीय विवरण, वासलात, ख्याति, नेतृत्व, पीई रेसियो, प्रतिशेयर आम्दानी, कुल शेयर संख्या, पूरा गर्नुपर्ने कुल पूँजी आदि सबैको विश्लेषण गरेर दीर्घकालका लागि लगानी गरिन्छ । शेयरबजारमा कमाउन पनि लगानी त आवश्यक छ, जोखिम त्यहाँ पनि छ, विश्लेषण त्यहाँ पनि आवश्यक छ । परन्तु पोखरीमा हाम नफाली पौड्न सकिँदैन । त्यसैले लगानीको आदतको उद्घाटन गर्न र यसको उपलब्धि महसूस गन शुरूमा शेयरबजारमा जानु उपयुक्त मानिन्छ । त्यसैले नाफा भएमा कमाइको खुशी महसूस हुन्छ भने घाटा भएमा काम गर्दा सोच्नुपर्ने रहेछ भन्ने रणनीति सिकाउँछ । खाली बस्नुभन्दा लगानी, घाटा भए पनि राम्रो र नाफा भए पनि राम्रो । टोनी रब्बिन्सका अनुसार ‘कुनै पनि प्रयासमा ८० प्रतिशत सफलता तपाईंको मनोविज्ञानमा र २० प्रतिशत सफलता शीपमा निर्भर हुन्छ ।’ यसर्थ कुनै पनि क्षेत्रमा सफलताका लागि मनोविज्ञानले ठूलो भूमिका खेल्छ । कमाउनका लागि मानिसमा जोश जाँगर र हौसला आउने पर्छ । यसैबाट निरन्तर सफलता मिल्दै गयो भने ठीकै छ । असफल भैयो भने अव बुद्धिमत्ताको खोजी गर्नुपर्छ, ट्रेन्डहरू हेर्दै जानुपर्छ, आधारभूत कुराहरूमा कहाँ कमजोरी भयो, अनुसन्धान गर्दै जानुपर्छ । जेजस्तो जहाँ जति सम्भव हुन्छ, लगानी कमाइका लागि आवश्यक छ । अलि लामो समय सुरक्षित कमाइ गर्नु छ भने भाडामा लगाउन मिल्ने भवन बनाउनु होस्, शैक्षिक संस्था, बैंक वित्तीय संस्था वा लघुवित्त खोल्नुहोस् । हरेक पाइलामा लगानीका अवसर छन् । ती अवसरमा यति धेरै चर छन् तिनको विश्लेषण गर्ने जिम्मा लगानीकर्ताको हो । कुनै पनि विश्वविद्यालयले अहिलेसम्म यो घोषणा गर्न सकेको छैन कि यो नै लगानीको सबैभन्दा राम्रो विकल्प हो । त्यो गर्नु पनि हुँदैन आजभन्दा ५० वर्ष अगाडि कपाडा, तथा खुद्रा व्यापारीहरू विश्वमा सबैभन्दा धनी हुने गर्थे । ३० वर्ष अगाडिबाट कम्प्युटर, मोबाइल, सफ्टवेयरका व्यापारीहरू अगाडि आए । शेयरबजारले पनि विश्वका धनी जन्माएको छ । आजको मितिमा सूचनाप्रविधि, डिजिटलको व्यापार र टेस्लाको गाडीहरू अगाडि छन् । भविष्यका लागि फेरि अर्को नयाँ चिजहरूको खोजी भइरहेको छ । यो सबै परिस्थितिअनुसार लगानीकर्ताले सोच्ने खोच्ने विषय हो । तर, लगानी विना हातमा आफै केही प्राप्त हुन सम्भव छैन । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

पैसा कमाउने केही शुत्रः “धनी बन्न दिउँसो सपना देख्नुस् , राती होइन !”

पैसा भन्ने वित्तिकै महादेवको पनि तीन नेत्र हुन्छ भनिन्छ । पैसाको आवश्यकता कसलाई छैन । सबैलाई हुन्छ । किनकी बदलिदो परिवेश फेरिदो समाजमा उपभोग गर्ने बानी धेरैको छ । आफ्नो चाहानाको बस्तु उपभोग गर्न पैसाकै जरुरत पर्छ । सामान्य जीवन यापन गर्नदेखि ठूलो विजनेस स्टार्ट गर्न पैसा नभइ नहुने कुरा हो । पैसा कमाउन सकेन... The post पैसा कमाउने केही शुत्रः “धनी बन्न दिउँसो सपना देख्नुस् , राती होइन !” appeared first on Purbeli News.