भक्तपुर नगरपालिकाले रु एक करोड खर्चेर पर्खाल लगाएर संरक्षण गरेको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०२ रोपनी जग्गामा उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीको बस पार्क बनाउन प्रस्ताव भएको छ ।
भक्तपुर नगरपालिकाले लामो समयदेखि ख्वपः विश्वविद्यालय तथा ख्वपः मेडिकल कलेज बनाउन सरकारसमक्ष प्रस्ताव पेश गर्दै आएको यो जग्गामा बस पार्क बनाउन काठमाडौँ महानगरपालिकामा सुझाव आएको हो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले महानगरपालिकाका प्रमुख ...