काठमाण्डाै – बडादशैँमा काठमाण्डाै उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या बढेको छ ।अहिले दैनिकरूपमा नागढुङ्गा, साँगा भञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार जनाभन्दा माथि रहेको छ । यस पटक दशैँमा झन्डै २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दशैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या कम थियो । तीन वर्षअघि काठमाण्डाै उपत्यकाबाट दशैँका अवसरमा घर फर्कने...